भारतीय चर्चित क्रिकेटर सौरभ गांगुलीको परिवारमा पनि कोरोना संक्रमणको पुष्टी, सौरभ क्वारेन्टाइनमा

  • १ श्रावण २०७७, बिहीबार १५:२६ मा प्रकाशित
  • काठमाडौं, साउन १ । भारतमा कोरोना भाइरस महामारी दिनानुदिन बढीरहेका बेला चर्चित अनुहारहरुपनि उकपछि अर्को गर्दै संक्रमणको शिकार बनिरहेका छन् ।

    भारतीय लोकप्रिय अभिनेता अमिताभ वच्चनको परिवार नै संक्रमणको शिकार बनेपछि अहिले अस्पतालमा स्वास्थ्यलाभ गरिरहेका बेला पूर्वक्रिकेटर सौरभ गांगुलीका भाइमा कोरोना संक्रमण पुष्टि भएको छ ।

    भाइ स्नेहाशीष गांगुलीलाई संक्रमण पुष्टि भएपछि भारतीय क्रिकेट कन्ट्रोल बोर्डका अध्यक्षसमेत रहेका सौरभ गांगुली बुधवार होम क्वारंटीनमा बसेका छन् ।

    स्नेहाशीषले भने आफूलाई कुनै लक्षण नदेखिएको जनाएका छन् । भारतमा पछिल्ला दिनमा करिब ३० हजारमा दैनिक संक्रमणको पुष्टी भइरहेको छ ।

    Gorkhali news

    Leave a Reply