पर्साको पकहा मैनपुर गाउँपालिकामा स्थानीय तथा जनप्रतिनिधीहरुद्वारा तालाबन्दि

  • ४ श्रावण २०७७, आईतवार १९:३३ मा प्रकाशित
  • उमेश कुशवाहा बीरगंज साउन ४

    पर्साको पकहा मैनपुर गाउँपालिकामा स्थानीयबासी तथा जनप्रतिनिधीहरुले आईतबार तालाबन्दि गरेका छन ।

    गाउँपालिकामा भ्रष्टाचार भएको तथा गाउँपालिकाले बिभिन्न शिर्षकमा गरेको खर्च बिबरण सार्बजनिक नगरेको भन्दै स्थानीयबासी र जनप्रतिनधीहरुले नै गाउँपालिकाको कार्यालयमा तालाबन्दि गरेका हुन ।

    गाउँपालिकाले बिभिन्न शिर्षकहरुमा गरेको खर्च बिबरण सार्बजनिक गर्नुपर्ने माँग राख्दै गाउँपालिकाकी उपप्रमुख कुशमी देबीको नेतृत्वमा कार्यालय पुगेका स्थानीयबासीहरुले तालाबन्दि गरेका थिए ।

    तालाबन्दि गर्न खोज्दा स्थानीयबासीहरुलाई प्रहरीले रोक्न खोजेको थियो ।

    गाउँपालिकाले कोरोना भाईरस नियन्त्रणको लागि खर्च गरेको रकम,एम्बुलेन्स सञ्चालनको लागि गरिएको खर्च बिबरण सार्बजनिक गर्नुपर्ने,बितेको अार्थिक बर्षमा ईन्धनमा खर्च भएको ३० लाखको खर्च सार्बजनिक गर्नुपर्ने,वडा नम्बर २ र ३ मा पर्ने पोखरीको माछा बिक्री आम्दानी रकम सार्बजनिक गर्नुपर्ने लगायतका माँग राखी गाउँपालिकामा तालाबन्दि गरिएको हो ।

    गाउँपालिकाले खर्च गरेको बिभिन्न शर्षिकको रकम बारे सार्बजनिक नगरेकै कारण उपप्रमुख कुशमी देबीले गाउँ परिसद समेत बहिसकार गरेकी थिईन

    Leave a Reply