नेपालमा कोरोना संक्रमितको संख्या फेरि बढ्यो, आज थप १ सय ५६ जना कोरोना पोजेटिभ, कुल संक्रमितको संख्या १७ हजार ६ सय ५८ पुग्यो

  • ४ श्रावण २०७७, आईतवार १८:३८ मा प्रकाशित
  • वसन्त अनुभव

    काठमाडौ, ४ साउन
    नेपालमा विगत २४ घण्टामा १ सय ५६ जना नयाँ संक्रमित थपिएका छन। आज थपिएका संक्रमित सँगै नेपालमा कोरोना संक्रमितको संख्या १७ हजार ६ सय ५८ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रीफिङ कार्यक्रममा प्रबक्ता जागेश्वर गौतमले उक्त जानकारी दिएका हुन ।

    आज भएको RT-PCR बिधिबाट गरिएको स्वाव नमुना परिक्षणमा पोजेटिभ देखिएकाहरुको विवरण :

    राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकु
    सर्लाही – २३ जना

    पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरा
    कास्की – ६ जना
    लमजुङ – ६ जना

    प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला, पोखरा
    बागलुङ – १ जना
    म्याग्दी – ६ जना
    स्याङ्जा – २ जना
    पर्वत – १ जना

    गजेन्द्र नारायण सिंह अस्पताल प्रयोगशाला, राजबिराज सप्तरी
    सप्तरी – ३२ जना
    सिराहा – १ जना

    सेती प्रादेशिक अस्पताल प्रयोगशाला, धनगढी
    कैलाली – २४ जना

    सुर्खेत प्रादेशिक अस्पताल प्रयोगशाला, सुर्खेत
    सल्यान – १ जना

    कोशी अस्पताल प्रयोगशाला, विराटनगर
    सुनसरी – १ जना

    नारायणी अस्पताल प्रयोगशाला, विरगन्ज
    पर्सा – ७ जना
    बारा – १ जना

    शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकु
    काठमाण्डौ – १ जना
    ललितपुर – २ जना
    मोरङ – १ जना

    डडेल्धुरा अस्पताल प्रयोगशाला, डडेल्धुरा
    डडेल्धुरा – २ जना

    किटजन्य रोग अनुसन्धान तथा तालीम केन्द्र, हेटौडा
    सर्लाही – २ जना
    रौतहट – २ जना
    मकवानपुर – १ जना

    प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला, रुपन्देही
    रुपन्देही – २ जना
    प्युठान – १ जना

    लुम्बिनी प्रादेशिक अस्पताल प्रयोगशाला, बुटवल
    नवलपरासी – १० जना

    भेरी अस्पताल प्रयोगशाला, नेपालगन्ज
    बाँके – ५ जना
    बर्दिया – १० जना
    दाङ – ५ जना

    बिगत २४ घण्टामा नेपालका विभिन्न २७ वटा प्रयोगशालामा RT-PCR बिधिबाट ३ हजार ७ सय ४१ जनाको कोरोना परिक्षण गरिएको र हालसम्म ३ लाख १५ हजार ५ सय ७० जनाको उक्त प्रविधिबाट परिक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका छन ।

    प्रवक्ता गौतमका अनुसार क्वारेन्टाइनमा रहनेको संख्या २२ हजार ६ सय ६२ जना र आइसोलेसनमा रहेका सक्रिय संक्रमितको संख्या ५ हजार ९ सय २३ जना रहेको छ । विगत २४ घण्टामा कोरोनाका कारण मृत्यु भएको जानकारी प्राप्त भएको छैन भने हालसम्ममा मृत्यु हुनेको संख्या भने ४० रहेको छ ।

    त्यस्तै गत २४ घण्टामा डिस्चार्ज हुनेको संख्या ५८ रहेको छ । हालसम्म निको भइ डिस्चार्ज हुनेको संख्या ११ हजार ६ सय ९५ रहेको छ । जसमध्ये प्रदेश नं. १ मा ७ सय ५१ जना, प्रदेश नं. २ मा २ हजार ६ सय ५९ जना, बागमती प्रदेशमा ४ सय ३७ जना, गण्डकी प्रदेशमा ९ सय ४८ जना, प्रदेश नं. ५ मा ३ हजार ७ सय १५ जना, कर्णाली प्रदेशमा १ हजार ५ सय १४ जना, र सुदुरपश्चिम प्रदेशमा १ हजार ६ सय ७१ जना रहेकोे छ ।

    मन्त्रालयका प्रबक्ता डा. गौतमका अनुसार प्रदेश नं. १ मा सक्रिय संक्रमित संख्या ७९ जना, प्रदेश नं. २ मा १ हजार ८ सय ८६ जना, बागमती प्रदेशमा ४ सय १० जना, गण्डकी प्रदेशमा ४ सय २८ जना, प्रदेश नं. ५ मा ४ सय ४७ जना, कर्णाली प्रदेशमा २ सय ९६ जना, र सुदुरपश्चिम प्रदेशमा २ हजार ३ सय ७७ जना रहेकोे छ ।

    त्यस्तै कोरोनाका कारण हालसम्म मृत्यु हुनेको संख्या प्रदेश नं. २ मा ६ जना, बागमती प्रदेशमा ९ जना, गण्डकी प्रदेशमा ५ जना, प्रदेश नं. ५ मा १० जना, कर्णाली प्रदेशमा ४ जना, र सुदुरपश्चिम प्रदेशमा ६ जना रहेकोे छ ।

    त्यस्तै हाल क्वारेन्टाइनमा बसिरहेकाको संख्या २२ हजार ६ सय ६२ रहेको छ । जसमध्ये प्रदेश नं. १ मा २ हजार २ सय ९४ जना, प्रदेश नं. २ मा २ हजार ६ सय २४ जना, बागमती प्रदेशमा १ हजार ८ सय ७५ जना, गण्डकी प्रदेशमा ३ हजार ४ सय ११ जना, प्रदेश नं. ५ मा ३ हजार ६ सय ८८ जना, कर्णाली प्रदेशमा १ हजार ५ सय १० जना, र सुदुरपश्चिम प्रदेशमा ७ हजार २ सय २० जना रहेकोे छ ।

    त्यस्तै हालसम्म संक्रमित हुन पुगेका ब्यक्तिहरुको प्रादेशिक विवरण यस प्रकार रहेको छ । जसमध्ये प्रदेश नं. १ मा ८ सय ३० जना, प्रदेश नं. २ मा ४ हजार ५ सय ५१ जना, बागमती प्रदेशमा ८ सय ५६ जना, गण्डकी प्रदेशमा १ हजार ३ सय ८१ जना, प्रदेश नं. ५ मा ४ हजार १ सय ७२ जना, कर्णाली प्रदेशमा १ हजार ८ सय १४ जना, र सुदुरपश्चिम प्रदेशमा ४ हजार ५४ जना रहेकोे छ ।

    नेपालमा संक्रमित संख्या शून्य हुन पुगेका जिल्लाहरुको संख्या ८ पुगेको छ । जसमा भोजपुर, धनकुटा, मुस्ताङ, मनाङ, जुम्ला, हुम्ला, पाँचथर र रसुवा रहेका छन ।

    विश्वभर हालसम्म कोरोनाको जम्मा केस संख्या १,४४,४०,०११ रहेको छ भने सक्रिय संक्रमित संख्या ५२,०९,११९ रहेको छ । हालसम्म मृत्यु हुने विरामीको संख्या ६,०५,१४२ पुगेको छ ।

    Leave a Reply