नेकपा दुर्घटना नजिक देखियो पर्यटन मन्त्री योगेश भट्टराई

  • १३ श्रावण २०७७, मंगलवार १४:२८ मा प्रकाशित
  • काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा पर्यटनमन्त्री योगेश भट्टराईले पार्टी दुर्घटना दुर्घटना उन्मुख रहेको बताएका छन् । पार्टी अध्यक्ष केपी शर्मा ओलीले स्थायी समिति बैठक स्थगित गर्दागर्दै इतर समूहले बैठकलाई निरन्तरता दिएपछि भट्टराईले यस्तो बताएका हुन् ।

    दुर्घटना नजिक देखिन्छ । सबै रोकिऔँ । सल्लाह गरौं’ भट्टराईले ट्वीटरमार्फत भनेका छन् । 

    नेकपाभित्र विवाद उग्र बन्दा ओली इतर समूहले स्थायी समिति बैठकलाई निरन्तरता दिएको छ । बिहान प्रधानमन्त्री ओलीले बैठक स्थगित गरेको भएपनि त्यसलाई अस्वीकार गर्दै इतरसमूहले बैठकलाई निरन्तरता दिएको हो । 

    रातोपाटी

    Leave a Reply