दैलेखमा संयुक्त बैठकमा बोल्दाबोल्दै गर्दा मृत्यु

  • २४ असार २०७७, बुधबार २१:३२ मा प्रकाशित
  • दैलेख, २४ असार । दैलेखको भैरबी गाउँपालिका–३ मा रहेको जनसेवा प्रावि भुवाटाकुराका विद्यालय व्यवस्थापन समितिका सदस्य ६१ वर्षीय औंसे कामीको बैठकमा बोल्दै गर्दा मृत्यु भएको छ ।

    शिक्षकहरुको तलव, विद्यालयको शैक्षिक प्रशासन लगायत विषयमा छलफल भइरहेको उनको ज्यान गएको जिल्ला प्रहरी कार्यालय दैलेखका इञ्चार्ज प्रहरी नायव उपरीक्षक हरिबहादुर ओलीले बताए ।

    बोल्दैगर्दा देब्रे साइडमा ढलेपछि अस्पताल पु¥याउँदा मृत्यू भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मनबहादुर बिकले बताए ।
    जनसेवा प्रावि भुवाटाकुराका विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष समेत रहेका औंसे कामी गत वर्ष पुनर्गठन गर्दा सर्वसम्मतिले विद्यालय व्यवस्थापन समितिको सदस्य चयन भएका थिए ।

    साझा पोस्ट

    Leave a Reply