वसन्त अनुभव

काठमाडौं – नेपालमा संक्रमितको संख्या बढदो क्रममा रहेकोे छ । आज मात्र नेपालमा थप ७ सय ७४ जना संक्रमित भेटिएका छन । योसँगै नेपालभर संक्रमितको संख्या १५ हजार २ सय ५९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफ्नो नियमित मिडिया व्रीफिङ कार्यक्रममा उक्त जानकारी दिएको हो ।
विगत २४ घण्टामा गरिएको कोरोनाको RT-PCR जाचको संख्या ४ हजार ४ सय ८३ रहेको छ भने हालसम्म २ लाख ४२ हजार २ सय ४७ जनाको RT- PCR प्रविधिबाट जाँच गरिसकिएको छ । त्यस्तै हालसम्म ३ लाख १० हजार ३ सय जनाको RDT प्रविधिबाट कोरोना परिक्षण गरिएको छ ।
आज मृत्यु हुनेको संख्या १ रहेको छ भने हालसम्म ३२ जनाको कोरोना लागेर मृत्यु भइसकेको छ । त्यस्तै रोग निको भै विगत २४ घण्टामा डिस्चार्ज हुनेको संख्या ८ सय २३ रहेको छ भने हालसम्म डिस्चार्ज हुनेको संख्या ६ हजार १ सय ४३ रहेको छ ।
त्यस्तै क्वारेन्टाइनमा रहेका मानिसको संख्या ३५ हजार ४ सय ७२ रहेको छ भने आइसोलेसनमा रहेका संक्रमितको संख्या ९ हजार ८४ रहेको छ ।
नेपालको सबैभन्दा धेरै संक्रमित रौतहटमा रहेको मन्त्रालयले जनाएको छ। रौतहटमा मात्र लगभग डेढ हजार संक्रमित भेटिएका छन्।
रौतहट १ हजार ३ सय ९७ जना, कैलालीमा ८ सय २९ जना, दैलेखमा ७ सय ९६ जना, कपिलवस्तुमा ७ सय ५३ जना, महोत्तरीमा ७ सय ३४ जना, सर्लाहीमा ६ सय ५८ जना, दाङमा ६ सय २६ जना, डोटीमा ५ सय ५० जना, अछाममा ५ सय ४९ जना, बाजुरामा ५ सय ३९ जना, धनुषामा ४ सय ४० जना, सुर्खेतमा ३ सय ९७ जना कोरोना संक्रमित रहेका छन्।
देशभर १७ जिल्लामा कोरोना संक्रमितको संख्या २ सय पुग्ने अवस्था छ भने ३३ जिल्लामा संक्रमितको संख्या सय भन्दा कम छ।

२ सयभन्दा बढी संक्रमित भेटिएका जिल्ला
रौतहट – १३९७
कैलाली – ८२९
दैलेख – ७९६
कपिलवस्तु – ७५३
महोत्तरी – ७३४
सर्लाही – ६५८
दाङ – ६२६
डोटी – ५५०
अछाम – ५४९
बाजुरा – ५३९
धनुषा – ४४०
सुर्खेत – ३९७
रुपन्देही – ३१४
बाँके – ३७१
गुल्मी – ३४१
डडेल्धुरा – २५७
अर्घाखाँची – ३२५
झापा – २७३
सप्तरी – २६८
पाल्पा – ५१९
प्युठान – ३०४
कञ्चनपुर – ३९१
बैतडी – २५७
नवलपरासी पूर्व – २७६
सल्यान – २२०
सिरहा – २०६
स्याङजा – २०१
५० देखि २ सय संक्रमित भेटिएका जिल्ला
पर्सा – १६५
बर्दिया – १८६
मोरङ – १६९
बारा – १२७
धादिङ – १२९
बागलुङ – २००
सुनसरी – ९२
नवलपरासी पश्चिम – ९९
तनहुँ – १३७
उदयपुर – ७६
गोरखा – ९८
पर्वत – ९१
बझाङ – १४५
चितवन – ७९
काठमाडौं – ११०
कास्की – ५५
कालिकोट – ५३
१ देखि ५० जना संक्रमित भेटिएका जिल्ला
जुम्ला – ३
सिन्धुपाल्चोक – ३६
रामेछाप – २९
मकवानपुर – १८
दार्चुला – १७
नुवाकोट – २०
जाजरकोट – १३
सिन्धुली – १२
धनकुटा – ९
भक्तपुर – २८
भोजपुर – ६
ललितपुर – १७
म्याग्दी – १७
ताप्लेजुङ – ८
रुकुम पूर्व – ४
तेह्रथुम – ५
पाँचथर – ४
दोलखा – ६
संखुवासभा – ५
इलाम – १२
हुम्ला – २
मुगु – २
डोल्पा – ४
रुकुम पश्चिम – १२
सोलुखुम्बु – १
खोटाङ – ११
मनाङ – १
लमजुङ – ४९
रोल्पा – ४८
काभ्रेपलाञ्चोक – ९
मुस्ताङ – १
ओखलढुंगा – ३
रसुवा – १०


