काङ्ग्रेसका वरिष्ठ नेता पौडेल र चिनियाँ राजदूत हाउबीच भेट

  • १३ श्रावण २०७७, मंगलवार १४:१९ मा प्रकाशित
  • काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र नेपालका लागि चिनियाँ राजदूत हाेउ यान्छीबीच भेटवार्ता भएको छ । मंगलबार पौडेललाई भेट्न राजदूत यान्छी उनकै निवास बोहोराटारमा पुगेकी हुन् । 

    पौडेल सचिवालयका अनुसार सयौं वर्ष पहिलादेखिको नेपाल र चीन बीचको सम्बन्ध र औपचारिक सम्बन्ध स्थापना भएको ६३औं वर्ष गाँठको अवसरमा भेट भएको हो ।

    नेता पौडेल र राजदूत यान्छीबीचको भेटमा बीपी कोइराला र माओत्से तुङका पालादेखिको नेपाली कांग्रेस र चिनियाँ कम्युनिस्ट पार्टीबीचको सम्बन्धको विषयमा चर्चा भएको छ । 

    भेटमा कोरोना भाइरस (कोभिड–१९)को नियन्त्रणमा चीनले पाएको सफलता र नेपालमा कोरोना जोखिम नियन्त्रणको विषयमासमेत छलफल भएको छ । राजदूत यान्छीले कोरोना जोखिम नियन्त्रणका लागि नेपाललाई यथेष्ट सहयोग गर्ने बताएकी छन् । 

    नेता पौडेल र राजदूत यान्छीबीचको भेटमा समसामयिक राजनीतिक विषयमासमेत छलफल भएको छ । अन्नपूर्ण पोस्ट ।

    Leave a Reply