आज थप १ सय ८६ जनामा कोरोना पोजेटिभ, कुल संक्रमितको संख्या १७ हजार ८ सय ४४ पुग्यो

  • ५ श्रावण २०७७, सोमबार २०:११ मा प्रकाशित
  • वसन्त अनुभव

    काठमाडौ, ५ साउन
    नेपालमा विगत २४ घण्टामा १ सय ८६ जना नयाँ संक्रमित थपिएका छन। थपिनेमा प्रदेश नं. १ बाट १५ जना, प्रदेश नं. २ बाट ८५ जना, बागमती प्रदेश बाट ३ जना, गण्डकी प्रदेशबाट १२ जना, प्रदेश नं. ५ बाट १९ जना, कर्णाली प्रदेश बाट ११ जना र सुदुरपश्चिम प्रदेशबाट ४१ जना रहेका छन ।

    नेपालमा आज थपिएका संक्रमित सँगै नेपालमा कोरोना संक्रमितको संख्या १७ हजार ८ सय ४४ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङ कार्यक्रममा प्रबक्ता जागेश्वर गौतमले उक्त जानकारी दिएका हुन ।

    आज भएको RT-PCR बिधिबाट गरिएको स्वाव नमुना परिक्षणमा पोजेटिभ देखिएकाहरुको विवरण :

    राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकु
    सर्लाही – २३ जना
    काठमाण्डाै – २ जना
    साेलुखुम्बु – ४ जना

    वि.पि. काेइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान
    सुनसरी – २ जना

    पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरा
    कास्की – ८ जना
    लमजुङ – १ जना

    प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला, पोखरा
    तनहुँ – २ जना
    स्याङ्जा – १ जना

    गजेन्द्र नारायण सिंह अस्पताल प्रयोगशाला, राजबिराज सप्तरी
    सप्तरी – ९ जना
    सिराहा – १ जना

    सेती प्रादेशिक अस्पताल प्रयोगशाला, धनगढी
    कैलाली – १ जना

    सुर्खेत प्रादेशिक अस्पताल प्रयोगशाला, सुर्खेत
    दैलेख – १ जना
    सल्यान – १ जना
    सुर्खेत – ४ जना
    कालिकाेट – १ जना
    हुम्ला – १ जना

    कोशी अस्पताल प्रयोगशाला, विराटनगर
    सुनसरी – ४ जना
    झापा – १ जना
    इलाम – १ जना

    प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला, विराटनगर
    माेरङ – १ जना
    झापा – २ जना

    नारायणी अस्पताल प्रयोगशाला, विरगन्ज
    पर्सा – ४ जना
    बारा – ४६ जना

    पाटन अस्पताल प्रयाेगशाला, ललितपुर
    ललितपुर – १ जना

    डडेल्धुरा अस्पताल प्रयोगशाला, डडेल्धुरा
    डडेल्धुरा – ४० जना

    काेभिड १९ परिक्षण प्रयाेगशाला, दैलेख
    दैलेख – १ जना

    प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला, जनकपुर
    धनुषा – २ जना

    लुम्बिनी प्रादेशिक अस्पताल प्रयोगशाला, बुटवल
    दाङ – १ जना

    भेरी अस्पताल प्रयोगशाला, नेपालगन्ज
    बाँके – २ जना
    राेल्पा – ४ जना
    दाङ – ५ जना
    सल्यान – २ जना
    रूकुम पुर्व – ७ जना

    बिगत २४ घण्टामा नेपालका विभिन्न २७ वटा प्रयोगशालामा RT-PCR बिधिबाट ४ हजार २ सय १६ जनाको कोरोना परिक्षण गरिएको र हालसम्म ३ लाख १९ हजार ८ सय ७२ जनाको उक्त प्रविधिबाट परिक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका छन ।

    प्रवक्ता गौतमका अनुसार क्वारेन्टाइनमा रहनेको संख्या २२ हजार २ सय २८ जना र आइसोलेसनमा रहेका सक्रिय संक्रमितको संख्या ५ हजार ९ सय ३६ जना रहेको छ । विगत २४ घण्टामा कोरोनाका कारण मृत्यु भएको जानकारी प्राप्त भएको छैन भने हालसम्ममा मृत्यु हुनेको संख्या भने ४० रहेको छ ।

    त्यस्तै गत २४ घण्टामा डिस्चार्ज हुनेको संख्या १ सय ७३ रहेको छ । प्रदेश नं. १ बाट १ जना, प्रदेश नं. २ बाट ३८ जना, बागमती प्रदेश बाट १४ जना, गण्डकी प्रदेशबाट ५६ जना, प्रदेश नं. ५ बाट ५६ जना र कर्णाली प्रदेश बाट ८ जना रहेकोे छ ।

    हालसम्म निको भइ डिस्चार्ज हुनेको संख्या ११ हजार ८ सय ६८ रहेको छ । जसमध्ये प्रदेश नं. १ मा ७ सय ५२ जना, प्रदेश नं. २ मा २ हजार ६ सय ९७ जना, बागमती प्रदेशमा ४ सय ५१ जना, गण्डकी प्रदेशमा १ हजार ०४ जना, प्रदेश नं. ५ मा ३ हजार ७ सय ७१ जना, कर्णाली प्रदेशमा १ हजार ५ सय २२ जना, र सुदुरपश्चिम प्रदेशमा १ हजार ६ सय ७१ जना रहेकोे छ ।

    मन्त्रालयका प्रबक्ता डा. गौतमका अनुसार प्रदेश नं. १ मा सक्रिय संक्रमित संख्या ९३ जना, प्रदेश नं. २ मा १ हजार ९ सय ३३ जना, बागमती प्रदेशमा ३ सय ९९ जना, गण्डकी प्रदेशमा ३ सय ८४ जना, प्रदेश नं. ५ मा ४ सय १० जना, कर्णाली प्रदेशमा २ सय ९९ जना, र सुदुरपश्चिम प्रदेशमा २ हजार ४ सय १८ जना रहेकोे छ ।

    त्यस्तै कोरोनाका कारण हालसम्म मृत्यु हुनेको संख्या प्रदेश नं. २ मा ६ जना, बागमती प्रदेशमा ९ जना, गण्डकी प्रदेशमा ५ जना, प्रदेश नं. ५ मा १० जना, कर्णाली प्रदेशमा ४ जना, र सुदुरपश्चिम प्रदेशमा ६ जना रहेकोे छ ।

    त्यस्तै हाल क्वारेन्टाइनमा बसिरहेकाको संख्या २२ हजार २ सय २८ रहेको छ । जसमध्ये प्रदेश नं. १ मा २ हजार ४ सय १३ जना, प्रदेश नं. २ मा २ हजार ५ सय ०८ जना, बागमती प्रदेशमा १ हजार ५ सय २४ जना, गण्डकी प्रदेशमा ३ हजार २ सय ७८ जना, प्रदेश नं. ५ मा ३ हजार ५ सय ६१ जना, कर्णाली प्रदेशमा १ हजार ५ सय ५६ जना, र सुदुरपश्चिम प्रदेशमा ७ हजार २ सय ८८ जना रहेकोे छ ।

    त्यस्तै हालसम्म संक्रमित हुन पुगेका ब्यक्तिहरुको प्रादेशिक विवरण यस प्रकार रहेको छ । जसमध्ये प्रदेश नं. १ मा ८ सय ४५ जना, प्रदेश नं. २ मा ४ हजार ६ सय ३६ जना, बागमती प्रदेशमा ८ सय ५९ जना, गण्डकी प्रदेशमा १ हजार ३ सय ९३ जना, प्रदेश नं. ५ मा ४ हजार १ सय ९१ जना, कर्णाली प्रदेशमा १ हजार ८ सय २५ जना, र सुदुरपश्चिम प्रदेशमा ४ हजार ९५ जना रहेकोे छ ।

    नेपालमा संक्रमित संख्या शून्य हुन पुगेका जिल्लाहरुको संख्या ८ पुगेको छ । जसमा भोजपुर, धनकुटा, मुस्ताङ, मनाङ, संखुवासभा, पाँचथर र रसुवा रहेका छन ।

    विश्वभर हालसम्म कोरोनाको जम्मा केस संख्या १,४६,४८,६१८ रहेको छ भने सक्रिय संक्रमित संख्या ५३,०१,१८१ रहेको छ । हालसम्म मृत्यु हुने विरामीको संख्या ६,०९,०१३ पुगेको छ ।

    Leave a Reply