सुशील सुबेदी
पछिल्लो चरणमा कोरोना भाइरस समुदायमा फैलने खतरा बढ्दैगएपछी हेलम्बु गाउँपालिकाले गाउँपालिका सँग सम्बन्धितको कोरोना बिमा गरिदिएको छ् ।
हेलम्बु गाउँ पालिकाका अध्यक्ष उपाध्यक्ष लगायत सम्पुर्ण स्थानिय जनप्रतिनिधि, पालिकामा कार्यरत सबैतहका सम्पुर्ण कर्मचारी, सबैतहका शिक्षक तथा सहयोगि कर्मचारि समेत कुल ३ सय ५२ जनाको कोरोना बिमा गाउँपालिकाले गरिदिएको हो ।आइ एम इ जनरल इन्स्योरेन्स कम्पनि लिमिटेड मार्फत गरिएको उक्त बिमाको अवधि आगामि चैत्र मसान्त सम्म कायम रहने छ ।
सो अवधिभित्र बिमितको पिसिआर रिपोर्ट पोजेटिभ आइ संक्रमण पुष्टिभएमा कम्पनिले रु १ लाख प्रदान गर्ने गरि आवधिक बिमा गरिएको आइ एम इ जनरल इन्स्योरेन्स कम्पनि लिमिटेडकि वरिष्ठ अधिकृत शुशिला घिमिरेले जानकारि दिइन ।

