वीरगंज ३१ अषाढ ।
वीरगंज महानगरपालिका वडा नम्बर १० का स्थानीय प्रमोद साह कानुले वडाध्यक्ष राम नगिना साह कानु विरुद्ध अख्तियार जाने तयारी गरेको बताएका छन । सत्या सिनेमा हलका संचालक समेत रहेका प्रमोद साहले सञ्चारकर्मीहरु संग कुरा गर्दै वडाध्यक्ष कानुले लकडाउनमा गरिब जनताहरुलाई वितरण गर्न आएको राहत वितरणमा भ्रष्टाचार गरेको भन्दै उनि विरुद्ध अख्तियारमा उजुरी गर्ने बताए ।
वडाध्यक्ष कानुले अशोक वाटिका स्थीत रहेको समसानघाट प्रहरी चौकी लाई समेत गुमराह गरी मेरो घरको निजी मामिलामा समेत अनावश्यक हस्तक्षेप गरेको उनले आरोप लगाए । वडाध्यक्षको काम झगड़ा लगाउने होईन यदी गाउ टोलमा कुनै परिवारीक झगड़ा छभने उनको काम समस्या समाधान गर्ने तर्फ ध्यान दिने हो नकि झगड़ा बलझाउने हो प्रमोदले गुनासो पोखे । उनको यस्तो रवैयाले यहां का स्थानीय पिडित बनेको प्रमोदले आरोप लगाए ।


