“रुपन्देही युवा समुह लुम्बिनी काे अध्यक्षमा शर्मा”

  • ५ श्रावण २०७७, सोमबार १६:०२ मा प्रकाशित
  • भैरहवा, ५ साउन ।
    रुपन्देही युवा समूहले संगठन विस्तारलाई तीव्रता दिएको छ । समूहले सिद्धार्थनगर नगरपालिका, बुटवल उपमहानगरपालिका र लुम्बिनी सांस्कृतिक नगरपालिकामा नयाँ सदस्यता वितरणसहित समिति गठन गरेको छ । भैरहवामा सम्पन्न कार्यक्रममा गठित समितिका सदस्यहरुलाई प्रमाणपत्र वितरण गरिएको हो ।

    समूहका अध्यक्ष विशाल गुप्ताको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि संविधानसभा सदस्य इस्तियाक अहमद खानले प्रमाणपत्र वितरण गर्दै युवाहरुको समाज सुधारमा महत्वपूर्ण भुमिका हुने बताए । उनले अहिलेका युवा भोलिको देशको नेतृत्वकर्ता भएकाले मुलुकको मुहार फेर्न जिम्मेवार बन्न आग्रह गरे ।

    कार्यक्रममा समूहका संस्थापक आनन्द प्रसाद गुप्ताले युवा समुहको उद्देश्य र कार्यक्रमका बारेमा प्रष्ट पारेका थिए ।
    सोही अवसरमा पूर्व कृषि राज्यमन्त्री ओम प्रकाश यादव गुल्जारी, रुपन्देही नागरिक समाजका उपाध्यक्ष श्रीराम गुप्ता, मायादेवी च्यारिटेबल फाउण्डेशनका अध्यक्ष रवि कुमार रौनियार लगायतले बोलेका थिए । समुहका महासचिव कृष्ण प्रसाद खरेलको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

    यसै बीच रुपन्देही युवा समूहको भेला तथा संगठन विस्तार कार्यक्रमले विशाल गुप्ताको अध्यक्षतामा लुम्बिनीमा कार्यसमिति चयन गरेको छ । जसको अध्यक्षमा रमाकान्त शर्मा, उपाध्यक्षमा सचिन कुर्मी, सचिवमा अमन जयसवाल , सह-सचिवामा शिवराम चाैधरी , काेषाध्यक्षमा सुग्रीम विश्वकर्मा , सह-काेषाध्यक्षमा पिंकी हलवाई , बरिस्ठ सल्लाहकारमा अादर्श पाण्डे , सहायक सल्लाहकारमा अनुभव श्रीवास्तव र अजय प्रताप तिवारी रहेका छन्।

    त्यस्तै मुख्य सदस्यहरुमा उदय प्रताप तिवारी,विजय सेन लाेध, रमेश बि.के, शहाबुद्दीन मुसलमान, अदित्य कुमार भर,सन्दीप यादव, माे.अशरफ खान,इमरान खान,राजन मिश्रा, नेहा जयसवाल, पुनिता केवट,रजनिश पाण्डे,इबरान अहमद, सुरेन्द्र यादव र माे.स्माईल मुसलमान रहेका छन् ।

    Leave a Reply