
२४ असार बुधबार गोर्खा ! चार महिनाअघि बिहे गरेकी श्रीमती(प्रेमिका)ले छाडेपछि गोरखाका एक युवाले गरे आत्महत्या गरेका छन् ।
गोरखा नगरपालिका ५ मैदानका २१ बर्षका सञ्जीव श्रेष्ठले बुधबार दिउसो साँढे चार बजे घरभित्रै झुण्डेर आत्महत्या गरेको प्रहरी निरीक्षक सिमोन धितालले जानकारी दिइन् ।उनको शव पोष्टमार्टमका लागि गोरखा अस्पतालमा लगिएको र घटना बारे थप अनुसन्धान भएको उनले बताइन् ।
लामो समयको प्रेम सम्बन्धपछि गत चैतमा उनीहरुको बिहे भएको थियो । श्रीमतीले एकहप्ताअघि छाडेर गएपछि श्रेष्ठ बिक्षिप्त बनेको स्थानीय सौरभ शर्माले जानकारी दिए ।श्रीमतीले छाडेपछि श्रेष्ठले बारम्बार आत्महत्या गर्ने संकेत गर्ने गरेको उनले बताए ।
यसअघि श्रीमतीले संगै बस्न नसक्ने भन्दै श्रेष्ठ बिरुद्ध प्रहरीमा उजुरीसमेत दिएकी थिइन् । प्रहरीले २० बर्ष नपुग्दै गरेको विवाहलाई वैध मान्न नसकिने भन्दै अलग अलग बस्न सुझाव दिएर पठाएको थियो ।
गोर्खा खबर ।