सुशील सुबेदी
कोरोना भाइरसको महामारी बिश्वभरी फैलिरहेको कठिन अबस्थामा क्रिकेटरहरुले सिन्धुपाल्चोकको एक स्वास्थ्य केन्द्रलाई स्वास्थ्य सामाग्रि सहयोग प्रदान गरेका छन् । पाँचपोखरी क्रिकेट क्लबको समन्वयमा क्रिकेटर हरु सोमपाल कामि, आरिफ शेख र बिजय कुमार धितालको आर्थिक सहयोगमा पाँचपोखरी थाङपाल गाउँपालिका ६ थाङपालधापमा रहेको दक्षिणकालि सामुदायिक स्वास्थ्य केन्द्रलाई मास्क, स्यानिटाइजर, रुघा, खोकी, ज्वरो लगायतको औषधी र अत्याबश्यक स्वास्थ्य सामाग्रिहरु प्रदान गरिएको क्लबका सचिव अजय धितालले जानकारी दिनुभयो । क्रिकेटर बिजय धितालले महेन्द्र पुलिस क्लबबाट क्रिकेट खेल्दै आएका छन् भने उनी पाँचपोखरी थाङपाल गाउँपालिका ६ निवासि हुन् ।

