संवाददाता

साउदी| “कोरोना भाइरसको विश्वव्यापी संक्रमणबाट उत्पन्न असहज परिस्थितिमा स्वदेश आउनै पर्ने अवस्थामा रहेका नेपाली नागरिकलाई स्वदेश आउन सहजीकरण गर्ने सम्बन्धी आदेश २०७७” अनुसार साउदी अरबमा असहज अवस्थामा रहेका नेपाली नागरिकलाई नेपाल फर्काउनको लागि नेपाल सरकारले साउदी अरबको दम्माम शहर बाट काठमाडौंका लागि पहिलो चरणमा हिमालय एयरलाइन्सको विमानले १८ जुन २०२० का दिन उडान गर्ने तय भएको छ भने उक्त उडान बाट नेपाल सरकारले निर्धारण गरेको प्राथमिकताको आधारहरूमा आधारित रही पहिलो चरणको उडानका लागी दम्माम बाट प्राथमिकतामा परेका २२३ जना नेपाली नागरिकहरूको नामावली नेपाली दुताबास रियादले सार्वजनिक गरेको छ साथै चार्टर्ड हवाई उडान टिकटको नयाँ भाडा मुल्य ४६५/- अमेरिकन डलर(१७४४ साउदी रियाल) रहेको पनि जानकारी गराएको छ।
उक्त दिनको लागी तय भएको उडानको टिकट खरिद गर्न साउदी अरबमा हिमालय एयरलाइन्सको लागी सुवास तिमल्सिना संग ००९६६५९८४००१९८ मा संपरद गर्न सकिने भएको छ भने एयरलाइन्सले भोली १६ जुन २०२० बाट टिकट बिक्री सुरू गरिने एयरलाईन्सका प्रतिनिधि सुबास तिमलसीनाले बताएका छन्। उनका अनुसार प्राथमिकतामा परेको भनि दुताबासले सार्वजनिक गरेको नामावलीका सबै जनालाई सहजताको लागी Whatsaap समुह बनाई समन्वय गरिने बताएको छ साथै उनले कोरोना परिक्षणको नतिजा लिएर मात्र टिकट खरिद गर्न पनि सबैलाई आग्रह गरेका छन्।
दुताबासको सुचना र सार्वजनिक गरेको नामावलीको पूर्ण पाठ:
हिमालय एयरलाइन्सले साउदी अरबको दमामबाट यही मिति १८ जुन २०२० मा उडान गर्ने जानकारी प्राप्त भएको छ । उक्त उडानबाट स्वदेश फर्कने नेपालीहरुको सूचि नेपाल सरकारले निर्धारण गरेको प्रथमिकताका आधारमा राजदूतावासले तयार गरी हिमालय एयरलाईन्सको दम्माम स्थित कार्यलयमा पठाइएको छ ।उक्त सूचि यसै सूचनामा समेत संलग्न छ । सम्पुर्ण यात्रुहरुले कोभिड-१९ नेगेटिभको प्रमाणपत्र साथैमा राख्नुपर्ने छ ।
हवाई भाडा दर: अमेरिकी डलर 465 (साउदी रियाल करिब १,७४४.००)
हवाई टिकटको लागि हिमालय एयरलाईन्सको दम्मामस्थित प्रतिनिधि सुवास तिमिल्सिना, टेलिफोन नं +00966 598400198 ईमेल ठेगाना: subash.timilsina@himalaya-airlines.com मा सम्पर्क गरी टिकट बुकिङ गरेपछि मात्र कोभिड-१९ टेष्ट गर्नुहोला । अन्य विषयमा कुनै सहयोग आवश्यक भएमा यस राजदूतावासका जनसम्पर्क अधिकारी श्री हरि घिमिरे (Mob. No. 0500081536) लाई सम्पर्क गर्नुहुन समेत अनुरोध छ।
COVID-19 टेष्ट सम्बन्धमा
COVID-19 को परीक्षण सकभर आफ्नो कम्पनीमार्फत् गर्ने व्यवस्था गर्नुहुन अनुरोध छ । सो सम्भव नहुनेहरुले आफूलाई थाहा भएको वा पायक पर्ने स्थानमा परीक्षण गर्नुहुन र सो समेत सम्भव नभएमा परीक्षणका लागि निम्न स्थानमा सम्पर्क गर्नु हुन अनुरोध छ ।
Dammam
Health Care Polyclinic (CR No. 2050110244)
Rihan Hajiameen, Operation Manager
Mob: +966549726585
Address: 17th Street Al-Souq, Opp to Islamic Dawah Center, Dammam 32242 KSA
परीक्षण शुल्क: SAR 160.00
Jubail
Gulf Asian Medical Center
(Department of Laboratory Medicine)
Telephone: +966 03 3627121
Email: info@gulfasianhealthcare.com
Website: www.gulfasianhealthcare.com
Address: King Abdulaziz Road, P.O.box1714,
Jubail City 31951, KSA
परीक्षण शुल्क: SAR 132.00
(यात्रुले निर्धारित उडान समय तालिकाभन्दा ४ घन्टा अगावै विमानस्थलमा उपस्थित हुनुपर्ने छ ।)
नोट: स्वदेश फर्किने सबैजनाले विमानमा चढ्नुपुर्व कोरोना संक्रमण नियन्त्रण सम्बन्धी नेपाल सरकारले निर्धारण गरेको क्वारेनटाईन लगायत सम्पूर्ण प्रावधानहरु पालना गर्नेछु भनि कागजातमा हस्ताक्षर गर्नुपर्ने छ ।
——————————–
नेपाली राजदूतावास, रियाद ।
०१ असार २०७








