सस्तो भाडादरमा जुनसुकै एयरलाइन्सबाट नेपालीको उद्धार गरी स्वदेश फर्काउदैँछौ: कुमार पन्त

  • ३० जेष्ठ २०७७, शुक्रबार २०:५७ मा प्रकाशित
  • गैर आवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तले सरकारले सस्तो भाडादरमा दुतावास आफैले संयोजन गरेर नेपालीलाई स्वदेश फर्काउन सक्ने निर्णय गरेको जानकारी गराउनुभएको छ । अध्यक्ष पन्तका अनुसार आज बसेको कोभिड १९ संकट व्यवस्थापन केन्द्रको बैठकले सो निर्णय गरेको हो ।

    नेपाल सरकारले तय गरेको भाडादर तय भएपछि उद्धार गर्नुपर्ने श्रमीकहरुले तीर्न नसक्ने र महँगो भएको भन्दै उपप्रधानमन्त्री तथा नेपाल सरकारको कोभिड १९ उच्चस्तरीय समिति संयोजक ईश्वर पोखरेलसँग आफूले कुरा राखेको र पर्यटन तथा श्रम मन्त्रालयको सचिवसँग छलफल गरेर आज सो निर्णय गरिएको जानकारी संयोजक बाट प्राप्त भएको अध्यक्ष पन्तले बताउनुभयो ।

    यसअघि सरकारले नेपाल एयरलाइन्स, हिमालयन एयरलाइन्स र केही विदेशी विमानबाट मात्र उडान भर्ने र उक्त उडानका लागि तोकिएको भाडादर निकै महँगो भएको भन्दै चौतर्फि विरोध भएपछि सिसिएमसीले दुतावासको संयोजनमा सस्तो उडान हुनेगरी जुनसुकै एयरलाइन्सबाट नेपालीको उद्धार गरी स्वदेश ल्याउन सकिने व्यवस्था गरेको हो ।

    अध्यक्ष पन्तले सिसिएमसीबाट उक्त निर्णयको मौखिक खबर पाएको बताउँदै यसबाट स्वदेश फर्कने नेपाली चर्को टिकट शुल्कमा पर्नबाट बच्ने हुँदा यो स्वागतयोग्य कदम रहेको बताउनुभयो ।

    ‘कोरोना संक्रमणका कारण विदेशमा अफ्ठयारोमा परेका नेपालीलाई सस्तो भन्दा सस्तो भाडादरमा नेपाल फर्काउन संघले नेपाली दूतावाससँग सहकार्य गरेर अघि बढनेछ’ एनआरएनएले आयोजना गरेको भर्चुअल पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष पन्तले भन्नुभयो ।

    त्यस्तै, नेपाली राजदूतावासँग सहकार्य गरि सस्तोमा नेपालीलाई उद्धार गर्नको लागि एनआरएनएले एक कमिटि समेत गठन गरेको जनाइएको छ ।

    बिश्वसन्देश.कम बाट

    2 thoughts on “सस्तो भाडादरमा जुनसुकै एयरलाइन्सबाट नेपालीको उद्धार गरी स्वदेश फर्काउदैँछौ: कुमार पन्त

    Leave a Reply