समाजसेबी बृजेशवर चौधरीको अध्यक्षतामा आगो पीड़ित दलित परिवारलाई सहयोग।

  • १ असार २०७७, सोमबार १०:१४ मा प्रकाशित
  • लता कपड़ा पाए पछि आगो पीड़ित दलित परिवारको अनुहारमा खुसी

    उमेश कुशवाहा,बीरगंज
    असार ०१

    समाजसेबी बृजेशवर चौधरीको अध्यक्षतामा आगो पीड़ित दलित परिवारलाई लता कपड़ा सहयोग गरिएको छ।

    आज बिहान बारा जिल्ला कलैया उपमहानगरपालिका-३ मोतीबागमा आगो बाट जलेर पुरै घर नष्ट भएका ७ दलित घर परिवार लाइ बृजेशवर प्रसाद चौघरीको अध्यक्षतामा वीरगंज कपडा बैंकबाट २०० थान सकेन्ड हेन्ड कपडा ,राज होजियारी वीरगंजका प्रोपराइटर राज शाहबाट ७ थान साड़ी ,१४ थान टिसौर्ट त्यस्तै ,ओम पोशाक उघोगका प्रोपराइटर पंकज कुमार पटेलबाट १४ थान क्वार्टर पाइन्ट एक साथ संयुक्त रुप दलित परिवारहरु लाइ सहयोग गरिएको छ।

    लताकपड़ा पाइसके पछि पीड़ित हरुको अनुहारमा हाँसो र खुशियाली छाएको छ।

    यो अवसरमा समाजसेबी प्रकाश थारु,कन्हैया पटेल,भोला सहनी,क़िसमती राम लगाएत हरुकोलउपस्थिति रहेको थियो।

    पीड़ित परिवारलाई अझ पनि सहयोगको खाँचो रहेको छ, सहयोग गर्न अनुरोध समेत गर्नु भएकोछ।

    समजसेबी चौधरीले जनकारी गराउनु भयो।

    Leave a Reply