मेलम्ची आयोजनाको काम अबरुद्ध गर्ने स्थानीयको चेतावनी

  • २३ जेष्ठ २०७७, शुक्रबार १८:२३ मा प्रकाशित
  • सुशील सुबेदी

    मेलम्ची खानेपानी आयोजनाबाट पाउनुपर्ने बाँकी रकम भुक्तानी नदिएको भन्दै मजदुर र स्थानीय ठेकेदारहरूले आयोजनाविरुद्ध पुनः आन्दोलन गर्ने चेतावनी दिएका छन्। मजदुर, स्थानीय ठेकेदार र मेलम्ची खानेपानी आयोजनाबीच भदौ २९ गते भएको ५ बुँदे सहमतिपछि पीडित पक्षले गर्दै आएको आन्दोलनका सबै कार्य स्थगित गर्ने निर्णय भएको थियो।
    खानेपानी मन्त्रालयमा भएको सो सहमतिप्रति असन्तुष्ट केही स्थानीय भेन्डर तथा सप्लायर्सले पुनः आयोजनाविरुद्ध कडा आन्दोलनको तयारी गरिएको स्थानीय सप्लायर्सहरूले बताएका छन्। खानेपानी मन्त्रालयका सचिवको नेतृत्वमा संघर्ष समितिका अध्यक्ष र एक जना सदस्यले मात्र वार्ता गरेको सहमति सिंगो भेन्डर तथा सप्लायर्सको हितमा नभएकाले पुनः आन्दोलन गर्ने बताइएको छ।

    मेलम्ची खानेपानी आयोजनाको यसअघिको इटालियन ठेकेदार कम्पनी ९सिएससी०ले बीचमा नै आयोजनाको काम छाडेर भागेपछि सिएमसीसँग लिनुपर्ने रकम आयोजनाले नै दिनुपर्ने भन्दै मजदुर र स्थानीय ठेकेदारहरू लामो समयदेखि आन्दोलनमा छन्।
    स्थानीय मजदुरको रकममात्र थोरै दिएर हामीलाई आयोजनाले झुक्क्याएको पीडित सप्लायर्सहरूको भनाइ छ। मेलम्ची खानेपानी आयोजनाले मजुदर र स्थानीय ठेकेदारहरूको माग पूरा गराउन एक प्राविधिक समिति समेत गठन गरेको तर त्यसले काम नगरेर स्थानीयको मागलाई बेवास्ता गरेको भन्दै आन्दोलनमा जानुपर्ने बाध्यता रहेको सप्लायर्सहरूले बताए।
    स्थानीय भेन्डर तथा सप्लायर्सले इटालियन ठेकेदार कम्पनी सिएमसीसँग मजदुर र स्थानीय आपूर्तिकर्ताले एक अर्ब ६७ करोड रुपैयाँ लिन बाँकी रहेको दाबी गर्दै आएका छन्।
    आयोजनाबाट पीडित सप्लायर्स उत्तरकुमार श्रेष्ठसँग हामीले आन्दोलनको तयारी र आगामी रणनीतिको बारेमा कुराकानी गरेका छौं ।
    प्रश्नः मेलम्ची खानेपानी आयोजनाले तपाईंहरुको बाँकी रकम भुक्तानि दियो त रु
    उत्तरः छैन, विभिन्न बहाना बनाएर आश्वासन दिँदै अलमल्याइ रहेको छ । बिरालोले मुसा खेलाए जस्तै ।
    प्रश्न ः अब माया मारिदिनुभएको हो त रु
    उत्तर ः कसरी माया मार्नु रु अरुहरुलाई लाग्दो हो,धेरै कमाएर थुपारेका छन् । त्यति नपाएर के भो र रु तर त्यसो हैन, त्यो बाँकी रकम माया मार्नु भनेको हाम्रो परिवारको भविष्य माया मार्नु हो । बैंक र साहुले हामीलाई दिएर ऋण माया मार्छन् त रु अवश्य मार्दैनन् । त्यसैले त्यो रकम पनि माया मार्नु भनेको हाम्रो जीवन माया मार्नु हो । कसले जीवन माया मार्न सक्छ र रु
    प्रश्न ः त्यसो भए अब के गर्नुहुन्छ त रु
    उत्तर ः नदेखिएको मात्र हो, हामी चुप लागेर बसेका छैनौँ । परिस्थिति त्यस्तै बन्यो । विश्व कोरोना भाइरसको महामारीमा फस्यो । हाम्रो देश पनि संकटमा छ । औषधिउपचारको पद्धति फेला नपरिसकेको अवस्थामा यसबाट बच्ने उपाय पनि गर्नै प¥यो । लकडाउनको मापदण्ड मान्नु हाम्रो पनि दायित्व हो । त्यसैले बाहिर देखिने किसिमको कुनै गतिबिधि नभएको हो ।
    प्रश्न ः कोरोना संक्रमणको अवस्था र लकडाउन नभइदिएको भए तपाईंहरुको योजना के थियो रु के गर्नुहुन्थ्यो रु
    उत्तरः हामीहरुले २०७६ चैत्र १३ गतेदेखि आयोजना विरुद्ध वार कि पारको आन्दोलन गर्ने कार्यक्रम तय गरेका थियौं । त्यसका लागि आयोजना बोर्डलाइ चैत्र ४ गते सचेतना पत्र बुझाएका थियौं । एडिबीलाई ज्ञापन पत्र त्यसै दिन बुझाएका थियौं ।त्यसै दिन ठेकेदार कम्पनी र सिनो हाइड्रोलाई अनुरोध पत्र बुझाएका थियौं । चैत्र ९ गते सीडीओलाई ज्ञापन पत्र बुझायौं । यी सबै प्रकारको पत्रको आशय के थियो भने, हामीहरुले १५ महिना कु¥यौँ तर केही नतिजा निस्किएन । अब हामी वार कि पारको लडाइँ गर्छौँ भनेर सरोकारवाला पक्षलाइ पूर्व जानकारी वा अल्टिमेटम दिएका हौं । तर दुर्भाग्य चैत्र ११ गतेदेखि लागू हुने गरी सरकारले लकडाउ घोषणा ग¥यो र सबै कार्यक्रम स्थगित भए ।
    प्रश्न ः २०७६ भदौमा गरेको आन्दोलन र भदौ २९ गते सरकारर तपाईँहरुबीच ५ बुँदे सहमति गरी समस्या हल गर्ने भनेको हैन रु त्यो सहमति कहाँ पुग्यो रु
    उत्तर ः भदौं १८ गतेबाट आन्दोलन सुरु भएको थियो । भोलिपल्ट अर्थात १९ गते नै गोली चल्ने अवस्था आयो । आन्दोलनले गति लिँदै थियो र राम्रो दबाब पनि परिरहेको थियो । त्यसैबीच आन्दोलनको संयोजक र एक जना वरिष्ठ सदस्य सरकार पक्षको बोलावटमा मन्त्रालय जानुभएछ, अरु साथीहरुलाई थाहा नदिईकन । अनि खानेपानी मन्त्रालयको सचिवको नेतृत्वमा दुबै तहको बार्तागरी ५ बँुदे सहमति गर्नुभएछ । जसमा २ महिनाभित्र समाधान खोज्ने र तत्कालीन आन्दोलन स्थगित गर्ने भन्ने ब्यहोरामा । हामीले पछि मात्र थाहा पायौँ । हामीलाई तयतिबेलामा पनि विश्वास थिएन । हाम्रा सोझा साथीहरुलाई झुक्याएर काम लिए । २ महिनामा सक्ने भनेको ९ महिना बितिसक्यो, कसरी पत्याउने उनीहरुलाई ।
    प्रश्न ः अब तपाईँहरु के गर्नुहुन्छ रु लकडाउन त हतपत्त सकिनेवाला हैन । लकडाउनकै बीचमा आयोजनाको काम सम्पन्न भयो भने तपाईंहरु त हिस्स पर्नुहुन्छ त रु
    उत्तर ः हामी त्यति सजिलै हिस्स पर्दैनौं । यो १७ महिनाको अवधिमा सरकारी पक्षले हामीलाइ धरै कुरा सिकायो, हामीले सिक्यौं । अब उनीहरुको गुलिया कुरामा फस्ने छैनौं । उनीहरुको रणनीति हामीले बुझ्यौं । अब हामी काउण्टर रणनीति बनाउँदै छौं ।
    प्रश्न ः काउण्टर रणनीति भनेको कस्तो हो रु
    उत्तर ः कोरोनाको प्रभाव लामो समयसम्म रहन्छ भन्दै विश्वका सम्बन्धित विज्ञहरुले समाज लकडाउनबाट बाहिर निस्कनु पर्दछ भनिरहेका छन् । जनदबाब पनि त्यतिकै छ । यही सोचेर नेपाल सरकारले पनि ठूलाठूला आयोजनाको निर्माण कार्य बन्द नगर्ने भन्दै काम गराइरहेको छ । तपाईं आफैं बुझ्नुस् त, मेलम्ची आयोजना साइटमा सयौंको संख्यामा कामदार छन् । लकडाउनको मापदण्डले २५ जनाभन्दा बढी एउटा क्षेत्रमा नरहने भन्छ । अब, भन्नुस आयोजनाले लकडाउनको मापदण्ड कसरी पालना गरेको छ त रुअनि हामी पीडितहरुचाहिँ घरबाहिर निस्कनै नपाउने रु कुरा त्यसो हैन, अब हामी पनि २०–२० जनाको समूह बनाएर अलग अलग क्षेत्रबाट आन्दोलन गर्ने छौँ । हाम्रो मुख्य टार्गेट भनेको काममा अवरोध सिर्जना गर्नु हो । त्यो काम हामी लकडाउनको मापदण्डभित्रै रहेर पनि गर्न सक्छौं ।
    प्रश्न ः त्यसो भए तपाईंहरु आन्दोलनको तयारीमा हुनुहुन्छ रु कहिलेबाट आन्दोलन सुरु गर्नुहुन्छ त रु
    उत्तर ः यही असार १ गतेबाट आन्दोलन सुरु गर्दै छौं । सम्पूर्ण तयारी पूरा गरिसकेका छौं । जेठ २० गते लकडाउन सकिएला भनेर २२ गतेदेखि आन्दोलन सुरु गर्ने तयारी थियो, तर लकडाउन ३२ गतेसम्म लम्बिएको हुनाले असार १ गतेबाट आन्दोलन गर्न सम्पूर्ण रुपमा तयार छौं ।
    प्रश्न ः फेरि लकडाउनको अवधि लम्ब्याएमा के गर्नुहुन्छ रु कि फेरि आन्दोलन गर्ने मिति सार्ने रु
    उत्तर ः अब आन्दोलन गर्ने मिति सार्दैनौं । अब लकडाउनसँग समायोजनहुने प्रकृतिको आन्दोलनको मोडालिटी तयार गर्दैछौं । यो नै हो काउण्टर रणनीति । सरकारका मन्त्रीले समेत भनिसकेत ९प्राक्टिस लिभिङ टुगेदर याजइफ कोभिड १९० उचबअतष्अभ ष्खिष्लन तयनभतजभच बक ष अयखष्म ज्ञढ ९ कोभिड १९ सँग सहकार्य गर्दै बाँच्नुको विकल्प छैन ।०
    प्रश्न ः कन्सलट्यान्टको रुपमा काम गर्नेहरुले रकम भुक्तानीको व्यवस्था मिलाइदिन्छु , आन्दोलन नगर्नु भनेर सल्लाह दिएका छन् रे नि ति रु
    उत्तर ः शम्भु कट्टेल नाम थर भएका एकजना भद्र पुरष आयोजना र हामीबीच सहमति खोज्न र हामीलाई सहयोग गर्न आएको हुँ भनि परिचय दिनुभएको थियो । उहाँको कुरा सुन्दा साँच्चिकै हाम्रो पिरमर्का बुझ्नुभयो जस्तो लाग्थ्यो । आन्दोलन गर्ने हाम्रो रहरपनि हैन । हामीले उहाँप्रति विश्वास पनि गरेका थियौं । तर समयक्रमसँगै उहाँको नियतमाथि शंका उब्जिन थाल्यो । उहाँले हामीहरुको भावनामा खेल्नुभयो । इमोस्नल ब्ल्याकमेल गर्नुभयो । अन्त्यमा आयोजनाको हामीप्रतिको कुत्सित भावनालाई साथ दिनुभयो र हामीलाई अलमल्याउँदै आयोजनाको काम सम्पन्न गर्ने खेलमा लाग्नु भयो । उहाँप्रति हामीले यस्तो आशा गरेका थिएनौं ।
    प्रश्न ः अन्त्यमा के भन्नुहुन्छ रु
    उत्तर ः यो कुराकानी सम्माननीय प्रधानमन्त्री निकटवालाले पढेर प्रधानमन्त्रीलाई अवगत गराइदिने संयोग बनोस् भन्ने कामना गर्दछु । विगतमा झंै यस पटक पनि सबैबाट सहयोग पाउने आशा र विश्वास व्यक्त गर्दछु, धन्यवाद ।

    Leave a Reply