
उमेश कुशवाहा,बीरगंज
Peace4Dalits Foundation, Nepal र दलित अधिकार समाज पर्सा नेपालको आयोजनामा पर्सा जिल्लाको सखुवाप्रसौनी गाउँपालिका वडा- ५, महुवनको दलित समुदायमा विश्व वातावरण दिवसको अवसरमा वृक्षारोपण कार्यक्रम गरिएको छ।
दलित समुदायमा वातावरणको महत्त्व , रुख विरुवाको महत्त्व र आवश्यकताको बारेमा जानकारी दिएको छ। दलित समुदायको प्रत्येक घर घरमा वृक्षारोपण गर्ने कार्य सुरु गरिएको छ। दलित समुदायलाई हरिया दलित समुदाय बनाउने उदेश्य लिएको छ।
विश्व वातावरण दिवसको अवसर पारी ५ जनाको घरमा विरुवा रोपिएको छ।
विरुवा बाकाएन, कदम, सिसौ , बाचाक्राईको बिरुवा रोपिएको छ। यो वृक्षारोपण कार्यक्रम १०१ दलित युवाको नेतृत्वमा कार्य गरिएको छ।

जैविक विविधता सहितको स्वच्छ वातावरण नै स्वस्थ जीवनको प्रमुख आधार हो । तसर्थ, विद्यमान पर्यावरणको समुचित रक्षा गर्दै पर्यावरणीय सन्तुलन कायम गर्न आवश्यक मात्रामा थप नयाँ बोट बिरुवाहरु पनि रौप्दै गरौं ।कम्तिमा आफु र आफ्ना वरपर रहेका फोहोर – मैलाहरुको उचित व्यवस्थापन सहित वातावरण सफा र स्वच्छ राख्नुको साथसाथै यस कार्यका लागी हर कोही स्वस्फूर्त रुपमा जिम्मेवार बनौं तथा गैरजिम्मेवारहरुलाई सामाजिक एवं कानूनी रुपमा दण्डित गर्न सहयोगी बनौं । साथै, वातावरण स्वच्छ रहे, तपाई-हामी सहित हाम्रो आउदो पुस्ता समेत स्वस्थ एवं सुरक्षित रहने तथा अहिले विश्वभर महामारीको रूपमा फैलिएको कोरोनाको संक्रमण रोकथाम, नियन्त्रण र निवारणको कार्यमा समेत विशेष सहयोग पुग्ने विश्वासको साथ यो कार्य सुरु गरिएको छ।
यस कार्यक्रममा Peace4Dalits Foundation, Nepal र दलित अधिकार समाज पर्सा नेपाल अध्यक्ष मनोज राम, १०१ दलित युवाको संयोजक सुरेन्द्र पसवान , अशोक राम, कानाही राम र दलित युवाको सहभागिता रहेकोे छ।

