भारतबाट नेपाल छिर्‍यो सलह

  • १३ असार २०७७, शनिबार ११:२७ मा प्रकाशित
  • अफ्रिका,पाकिस्तान देखि भारत हुँदै सलहको एउटा सानो झुण्ड नेपाल छिरेको छ। नेपालको बारा जिल्लामा सलहको सानो झुण्ड देखिएको कृषी मन्त्रालय स्रोतले जनाएको छ।

    भारतको बिहार हुँदै सलहको समूह नेपाल प्रवेश गरेको हो। अफ्रिकाबाट पाकिस्तान हुँदै भारत आइपुगेको सलह नेपाल छिरेको हो। यसबारे कृषि मन्त्रालयले थप अध्ययन गरिरहेको छ।

    सलह फट्याङग्राहरूको ठूलो बथान हो, जसको प्रकोपले गहुँ, तोरी, कपास, मकै लगायत खाधान्न बालीमा क्षति पुर्‍याउँछ। यो सलहको झुन्ड जहाँ जहाँ पुग्छ त्यहाँको बालिनाली सबै नस्ट गरिदिन्छ ।

    हावाको दिशा पछ्याएर १ सय ३० किमिसम्म समूह बनाएर उड्ने यी किराको बथानमामा ४ देखि ८ करोड सम्मको संख्या हुने वेज्ञानिकहरू बताउँछन्। आजको नेपालखबरले छापेको छ ।

    Leave a Reply