बंगलाचुली गापाद्वारा वडा सिल

  • २० जेष्ठ २०७७, मंगलवार २३:४९ मा प्रकाशित
  • वसन्त अनुभव
    कमिरेचौर, दाङ, २० जेठ
    बंगलाचुली गाउँपालिकाले बंगलाचुली गापा वडा नं. ५ लाई सिल गरेको छ । वंगलाचुली गाउँपालिका वडा नं. ५ मा मंगलबार वडाध्यक्ष सहित ५ जनामा कोरोना पोजिटिभ देखिए सँगै उक्त वडा सिल गरेको हो ।

    गाउँपालिका कार्यालय कमिरेचौर, दाङको मिति २०७७ जेठ २० गतेको निर्णय अनुसार वडा नं. ५ को झेलनेटा र मुर्कुटी लगायत बजार क्षेत्र मिति २०७७ साल जेठ २० गते राती १२ बजेदेखि अर्को सूचना जारी नहुन्जेल सम्मको लागि सिल गरिएको गाउँपालिकाले जनाएको छ ।

    गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेब बहादुर वलीद्वारा हस्ताक्षरित सूचनामा बंगलाचुली गापा अन्तर्गत वडा नं. ५ मा रहेको सुधा मावि झेलनेटा क्वारेन्टाइनमा रहेका र व्यवस्थापनमा खटिएका विभिन्न व्यक्तिहरुको स्वाव पिसिआर परिक्षणको नतिजामा ५ जना पोजिटिभ देखिएकोले संभावित उच्च जोखिमलाई मध्यनजर राख्दै उक्त वडा सिल गरेको उल्लेख गरिएको छ ।

    साथै सूचनामा वडा सिल गरेको अवधिमा तोकिएको क्षेत्रमा अति आवश्यकिय काम बाहेक अन्यथा घर बाहिर निस्कन र आवतजावत गर्न निषेध गरिएको छ ।

    Leave a Reply