
असार – ४
ठोरी गापा वडा न. ४ बिजयवस्तीमा आज शिव मन्दिरलाई पुण:पुननिर्माण गरि मुर्ति पुन:स्थापन गराउन भब्यताका साथ पुजाआज( रुद्रीपुजा ) गरि सम्पन्न गरिएको छ । बि. स. २०४९ सालमा स्थानीयहरुले देउसेभैली खेलेर निर्माण गरेको शिव मन्दिर हुलाकी राजमार्गको निर्माणको क्रममा जिर्ण भएपछि मन्दिर पुन: निर्माण गर्न स्थानीय युवा पदम श्रेष्ठको सक्रियतामा सम्पन्न भएको हो ।

लकडॉउनको क्रममा गाउँ फर्केका युवाहरुको सक्रियता सहभागीतामा स्थानीय स्तरमा रु ३०००००/- तिन लाख चन्दा संकल गरि पुन: निर्माण गरिएको हो । मन्दिरमा रंग रोगन, टायल, वारिड, मुर्ति र कम्पाउन्ड गरिएको पदम श्रेष्ठले जानकारी दिए। मन्दिर पुन:निर्माणमा सहयोग गर्ने सवैलाई पुन:निर्माण कार्यमा सक्रिय युवा पदम श्रेष्ठले धन्यवाद दिएका छन । पुरानो ढाचाको मन्दिरलाई आधुनिक सामाग्रीहरु हालेर अत्यन्त आकर्षक बनाइएको छ ।
दिउसोबाट रुद्रीपाठ गरि सुरु गरिएको पुजा ५ बजे सम्पन्न भएको र प्रसाद ग्रहणकालागी सम्पुर्ण गाउँबासीहरुलाई निमन्त्रणा गरिएको श्रेष्ठले बताएका छ्न ।
रेडियो बिजयबस्ती न्युज डेस्क


