
Nepalese Group of Health & Safety Professional (NGHSP) सदस्यगण हरु ले मिति १९ जुन २०२० का दिन, नेपाली समय साँझ को ६:४५ देखि करिब ३ घण्टा सम्म SAFETY बहस संचालन गरेका थिए ।
NGHSP ले बिगत ९ बर्ष देखि जुन रमेश खत्री र राम कुमार न्यौपानेले शुरु गर्नु भएको FACEBOOK PRIVATE GROUP मार्फत नेपाली SAFETY PROFESSIONALS हरु माझ विभिन्न Safety Related , Safety Job Related लगायत अन्य जानकारी आदान – प्रदान गर्दै आइरहेको थियो ।
३००+ सदस्य गण रहनु भएको NGHSP ग्रुपमा अन्य क्षेत्रहरूसँग सम्बन्धित केही % सदस्यहरु पनि रहनु भएको छ।
उक्त बहसमा नेपाल बाट श्री गजेन्द्र श्रेष्ठ र धर्म राज थापा, युएई बाट श्री राम कुमार न्यौपाने, श्री संजय कुमार घिसिङ्ग , श्री दिपक घिमिरे , श्री तारानिधि मिश्र , श्री प्रदिश लामा , बहराइन बाट श्री अशिम राज मोक्तान, श्री अभि थापा मगर, साउदी अरब बाट श्री रबिन गुरुङ अनि श्री रमेश खत्री गरि ११ जना सदस्य ले उपस्थिति जनाएको थिए ।
कार्यक्रम संचालक रमेश खत्री र राम कुमार न्यौपानेद्वारा ग्रुप निर्माणका उद्देश्यहरु, र ग्रुपका बारेमा तथा यस Open Platform बाट हामीले कसरि फाइदा लिन सकिन्छ भन्ने बिसय मा प्रस्ट पार्दै कार्यक्रम परिचयात्मक session बाट सुरु गरिएको थियो ।
बहसमा नेपालमा Occupational Safety and Health (OHS) सम्बन्धि के कस्ता प्रावधान अनि अवसर र चुनौती हरु छन् भन्ने विषयमा गहन बहस भएको थियो। Labor Act 1992 (बि स २०४८ ), Chapter-V (Health & Safety Provision) , प्रस्तावित National Occupational Safety and Health Policy बि स २०७३, लगायत अरु बिबिध बिज्ञ र संघ- सस्था हरु को अध्यन प्रतिवेदन हरुमा पनि छलफल गरेको थियोे ।
नेपालमा विभिन्न कर्यस्थलमा दैनिक जसो हुने ठुला साना सवारी दुर्घटनाहरु,सामान्य सुरक्षा सम्बन्धित जानकारी नहुनाले ठुलो जनधनको क्षति हुने हुँदा SAFETY पेशामा आबद्ध व्यक्तिहरुले कार्यस्थलमा कामहरु गर्दा, हुन सक्ने सम्भावित घटना-दुर्घटनाको जोखिम मूल्यांकन, न्यूनीकरण गर्दै सुरक्षित तवरले कार्य सम्पन्न गर्न यस ग्रुपले सहयोग गर्ने कुरा प्रस्ट्याइएको थियो ।
सरकारी तह बाट नै हरेक कार्यस्थलको अनुगमन गर्दै सुरक्षा सम्बन्धी निति अबलम्बन गर्न लगाउनु पर्ने, वर्तमान अवस्थामा नेपालमा SAFETY पेशामा राम्रो अवसरहरु आईरहँदा बिदेशी ठेकेदार कम्पनीले आफ्नो देश बाट नै SAFETY कर्मचारीहरु लिएर आउँदा नेपालीले रोजगारको अबसर नपाउने र यस बिषयमा सम्बन्धित पक्षमा कुरा उठाउनु पर्ने बिषयमा पनि छलफल भएको थियो ।
SAFETY बहस निकै लाभदायक भएको निस्कर्स सहित आगामी दिन हरु मा निरन्तरता दिदै, नेपाल सरकार लाइ व्यवसायिक स्वास्थ तथा सुरक्षा नीति मा यो NGHSP ले गर्न र खेल्ने सक्ने भूमिका पनि सगै गर्दै जाने निर्णय सहित कार्यक्रम सम्पन्न गरेका थिए ।

