नेपालमा थप ३३४ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या २६ सय ३४ पुग्यो

  • २२ जेष्ठ २०७७, बिहीबार १६:४७ मा प्रकाशित
  • काठमाडौं- नेपालमा विहीबार थप ३ सय ३४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या २६३४ पुगेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित लाइभ अपडेटमा नेपालमा हालसम्म २६३४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिएको हो ।

    स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले अहिलेसम्म कोभिड-१९ पुष्टि भएका व्यक्तिको संख्या २६३४ पुगेको जानकारी दिएका हुन् ।

    डा देवकोटाका अनुसार हालसम्म २९० जना निको भएर घर फर्किएका छन् । पछिल्लो २४ घण्टामा १२ जना डिस्चार्ज भएका हुन् । जसमा पुरुष २३४ र ५६ रहेका छन् । खबरहब.कम बाट।

    Leave a Reply