दलित अधिकार समाज पर्सा अध्यक्ष रामको संयोजकमा दलित युवा नेतृत्व द्धारा हत्याको विरुद्ध प्रदर्शन

  • ३२ जेष्ठ २०७७, आईतवार १७:१७ मा प्रकाशित
  • उमेश कुशवाहा, बीरगंज
    जेष्ठ ३२

    दलित अधिकार समाज पर्सा अध्यक्ष मनोज रामको संयोजकमा दलित युवा नेतृत्व द्धारा महुवनमा हत्याको विरुद्ध प्रदर्शन भएको छ।

    धनुषा जिल्लाको सबैला नगरपालिका वडा नं. -१२ बरकुर्बामा बस्ने २३ वर्षीय शम्भु सदा मुसहरको ईलाका प्रहरी कार्यालयमा शव झुण्डिएको अवस्थामा फेला परेको थियो।

    त्यसको बिरोधमा पर्सा जिल्लाको सखुवाप्रसौनी गाउँपालिका- ५, महुवनमा हत्यारालाई कार्वाहीको माग गर्दै १०१ दलित युवा नेतृत्व द्धारा प्रदर्शन भएको छ ।

    प्रदर्शनमा कार्ड बोर्ड पेपरमा बिभिन्न माग लेखि प्रदर्शन भएको थियो, पिडित परिवारलाई न्याय सहित क्षतिपूर्तिको व्यवस्था गर, मुद्दा दर्ता गर, छुवाछूत अन्त्य गर, जातीय विभेद अन्त्य गर, दलितको सामाजिक न्याय देउ, दलितको सामाजिक स्वतन्त्रता गर, प्रहरी प्रशासनको दमन बन्द गर जस्ता भन्ने माग गर्दै नाराबाजि गरिएको छ।

    जिल्ला प्रहरी कार्यालय धनुषामा पिडित परिवारको तर्फबाट शम्भु सदाको हत्या गरेको भन्दै इलाका प्रहरी कार्यालय सवैलाका प्रहरी इन्स्पेक्टर ४० वर्षीय चन्द्रभुषण यादव, सवैला नपा–१२ बस्ने ४२ वर्षीय टयाक्टर मालिक संजय साह, वडा नं. ९ का ३८ वर्षीय वडाध्यक्ष पारस साह लगायत ४ जनाविरुद्ध किटानी जाहेरी दिएको छ तर जिल्ला प्रहरी कार्यालय धनुषाले दिएको किटानी जाहेरी दर्ता नगरेकोले महुवन पर्साबाट दबाबको लागि आन्दोलन सुरु गरिएको अध्यक्ष रामको भनाइरहेको छ।

    शम्भु सदाको प्रहरी हिरासतमा हत्या भएको भन्दै शम्भु सदाको न्यायको लागि दलित अधिकार समाज, पर्सा नेपालले जेठ २८ गतेदेखि निरन्तर दवावमुलक कार्यक्रम गर्दै आएको छ। दलित अभियान्ता मनोज रामले घटनाको न्यायिक छानविन समितीमार्फत जाँचबुझ गर्न माग गर्नुभएको ।

    घटना २७ गते राति नै भएपनि शवको पोस्टमार्ट्म समेत हुन सकेको छैनन् । प्रादेशिक अस्पताल जनकपुरको पोस्टर्माटम रुममा खुल्ला राखिएको शव कुहिएर गन्हाउन थालेको छ ।

    शवको पोस्टमार्टम गर्न जेठ २८ गते जिल्ला प्रशासन कार्यालय धनुषाका सिडियो कार्यालयमा भएको सहमति अनुसार पोस्टमार्टम टिमसंग पिडित परिवारको तर्फबाट एक जना चिकित्सकको रहोवरमा पोस्टमार्टम गर्ने सहमति भएपनि प्रादेशिक अस्पताल जनकपुरले बाहिरको मान्छेलाई पोस्टमार्टममा राख्न नमिल्ने अडान लिएपछि शवको पोस्टमार्टम हुन नसकेको छ।

    दलित समुदायको माग पूरा नभएमा गाउँ गाउँ बाट बस्ती बस्ती बाट आन्दोलन जारी राख्ने दलित युवा सुरेन्द्र पसावन ज्युले भन्नूभएको छ ।

    यस विरोध कार्यक्रमको सहजीकरण दलित अधिकार समाज पर्सा नेपालको अध्यक्ष मनोज राम गर्नु भएको छ।

    यस कार्यक्रममा १०१ दलित युवा नेतृत्वको संयोजक श्यामकिशोर राम, दलित युवा सुरेन्द्र पासवान , अशोक राम, चन्देश्वर राम, सकलदेव राम, बलिन्द्र राम, गोरख राम, राजु राम , पन्नालाल राम, संजोग राम लगायत दलित युवाको सक्रिय सहभागिता रहेकोे छ।

    Leave a Reply