
दाङ, १९ जेठ / संक्रामक रोग कोभिड १९ का संक्रमितहरुको उपचार गर्दै आएको दाङ जिल्लाको बेलझुण्डीमा अवस्थित कोरोना विशेष अस्पतालले अब थप कोरोना संक्रमितहरुलाई राख्न असमर्थता जनाएको छ ।
अस्पतालमा विरामीहरु भरिभराउ भएपछि अस्पतालको क्षमता भन्दा बढी कोरोना संक्रमित राखी उपचार गर्न नसकिने र विरामीहरु राख्ने ठाँउको व्यवस्थापनमा समेत कठिनाइ भएको अस्पतालले जनाएको छ ।
कोरोना विशेष अस्पताल बेलझुण्डीको विरामी राख्न सक्ने क्षमता ५० जना भएपनी अहिले ५१ जना उपचाररत रहेको अस्पतालका सचीव सर्वेश शर्माले जानकारी दिनुभयो ।
अस्पतालमा हालसम्म ५९ जना कोरोना संक्रमित भर्ना भइ उपचार गराए पनि ८ जना उपचार पछि निको भइ डिस्चार्ज भइ घर फर्किसकेका छन ।
‘अस्पतालमा अहिले ५१ जना उपचाररत छन । उनिहरुको रिपोर्ट नेगेटिभ आएपछि केही समय राख्नका लागि पनि बेड र कोठाको आवश्यकता पर्दछ,’ सदस्य सचीव शर्माले भन्नुभयो ‘अहिले सामान्य अवस्थाका विरामी मात्र हुनुहुन्छ,भोलि गंभिर प्रकृति विरामी पनि राख्नुपर्ने हुन्छ । ‘
थप विरामी राख्नका लागि राख्ने ठाउँ र जनशक्तिको आवश्यकता पर्दछ । बेल्झुण्डी स्थित कोरोना विषेश अस्पताल १०० बेडको भनिएता पनि क्षमता ५० बेडको रहेको बुझिएको छ

