दाङ १६ असार
दाङ जिल्लाको तुलसीपुर उपमहानगरपालिकाका एक वडाध्यक्षमा कोरोना संक्रमित हुन पुगेका छन । घोराही स्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको स्वाव नमुना परिक्षणमा तुलसीपुरका ५८ वर्षिय वडाध्यक्ष कोरोना पोजेटिभ पुष्टि भएका हुन ।

वडाध्यक्ष संक्रमित भएको जानकारी पाउने बित्तिकै सम्बन्धित वडा कार्यालय सिल गरिएको तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डेले जानकारी दिनुभयो । साथै उहाँले संक्रमितको कन्ट्याक्ट् ट्रेसिङ गरि स्वाब नमुना संकलन गर्ने काम शुरु गरिएको जानकारी दिनुभयो ।
निज वडाध्यक्षले आफुमा कुनै लक्षण नदेखिएको र स्वस्थ रहेको बताएका छन । तुलसीपुरमा जनप्रतिनिधिलाई कोरोना पोजेटिभ देखिएको यो पहिलो घटना हो । तर दाङ जिल्लाको अन्य स्थानीय निकाय जस्तो बंगलाचुली गापा र घोराही उमनपाका जनप्रतिनिधिमा यस पहिले नै कोरोना पोजेटिभ देखिसकेको थियो ।

