कोरोना अपडेट- कोरोना संक्रमित पुन: ४३ जना थपिएसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ हजार ६ सय १० पुग्यो

  • १९ जेष्ठ २०७७, सोमबार ०१:०३ मा प्रकाशित
  • वसन्त अनुभव
    जुम्ला, १८ जेठ
    नेपालमा कोरोना संक्रमितको संख्या १ हजार ६ सय १० पुगेको छ । आइतबार राती कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा प्रकाशित विवरण अनुसार कर्णाली प्रदेशमा थप ४३ जना संक्रमित भेटिएसँगै संक्रमितको संख्या १ हजार ६ सय १० पुगेको हो ।

    प्रतिष्ठानको विवरणमा उल्लेख भए अनुसार जुम्लामा २ जना प्रहरीसहित १९ जना र दैलेखमा २४ जना सहित कुल जम्मा ४३ जना नयाँ संक्रमित भेटिएका हुन । यो सँगै कर्णाली प्रदेशमा संक्रमितको संख्या ९४ पुग्न गएको छ ।

    यस अघि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा जारी मिडिया ब्रीफिङमा आइतबार देशभर १६६ जना संक्रमित थपिएको जानकारी दिइएको थियो । पुनः थप भएको संख्या सँगै आइतबार थप हुने नयाँ संक्रमितको संख्या २०९ पुगेको छ भने नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या १ हजार ६ सय १० पुगेको छ ।

    कोरोनाका कारण हालसम्म मृत्यु हुनेको संख्या ८ पुगेको छ भने अस्पतालको उपचार पछि निको भइ डिस्चार्ज हुनेको संख्या २२० रहेको छ ।

    Leave a Reply