सुस्मिता प्रकरण : ३८ लाखका लागि ससुरा र नन्द मिलेर हत्या

  • १५ असार २०७७, सोमबार १६:३४ मा प्रकाशित
  • ससुराको करणी प्रयास, हत्यामा परिवारको मिलोमतो


    १५ असार, हेटौंडा । घरको भान्छामा मृत भेटिएकी सुस्मिता थापाको परिवारका सदस्यहरुले हत्या गरेको निष्कर्षमा प्रहरी पुगेको छ । दुई साताको अनुसन्धानपछि मकपानपुर प्रहरीले २२ वर्षीया थापाको हत्यामा सलग्न भएको आरोपमा सासू, ससुरा र दुईजना नन्दलाई सार्वजनिक गरेको छ ।
    प्रहरीले मृतकका ५८ वर्षीय ससुरा प्रकाश थापा, ५० वर्षीया सासू तुलसा, नन्दहरू २७ वर्षीया दुर्गा र २३ वर्षीया नन्द सीता थापालाई सार्वजजिक गरेको हो ।

    छोराको मृत्युसँगै परिवारमा किचलो
    सुस्मिताका पति अर्थात प्रकाश र तुलसाका छोरा रुपेन्द्रको २२६ असोज २०७६ मा ससुरालीबाट फर्किने क्रममा मोटरसाइकल दुर्घटनामा परेर मृत्यु भएको थियो । त्यससँगै थापा परिवारमा किचलो सुरु भयो । परिवारका सदस्यहरुले बुहारीमाथि उनकै कारण छोराको मृत्यु भएको आरोप लगाउँदै आएका थिए ।
    त्यो विवादमा पैसा जोडिएको थियो । रुपेन्द्रको सवारी दुर्घटनाको मृत्यु भएका कारण क्षतिपूर्ति बापत रकम दश लाख आउने भयो । यस्तै क्लोजर सिस्टम इन्टरनेशनल नेपालबाट पाउने बिमा, बोनस र तलब गर्दा ३८ लाख २८ हजार आउने भयो । यो रकमलाई लिएर सुस्मिता र परिवारबीच विवाद भयो ।
    सुस्मितामाथि ससुरा प्रकाशले बाथरुममा जर्बजस्ती करणी प्रयाससमेत गरेको पाइएको प्रहरीले जनाएको छ । यही दुई कारणले परिवारका सदस्यहरु मिलेर सुस्मिताको हत्या भएको देखिएको प्रहरी उपरिक्षक सुशील सिंह राठोरले बताए ।
    कसरी भयो हत्या ?
    प्रहरीका अनुसार घटना योजनाबद्ध देखिन्छ । घटना भएको दिन असार १ गते राति करिब ९ बजे ससुरा प्रकाश र सासू तुलसाकुमारी खाना खाएर सुत्ने कोठातर्फ गएको थिए । सुस्मिता र नन्द सीता भान्छाकोठामा खाना खाइरहेका थिए । सुस्मिता महिनावरी भएको कारण भुईँमा बसेर खाना खाइरहेका थिए । त्यही बेला प्रकाश काठको लौरो बोकेर आए र सुस्मिताको टाउकोमा पछाडिबाट हिर्काए ।
    उनी भुईँमा लडिन् त्यसपछि नन्द सीता थापाले नजिकै रहेको लोहोरो प्रहार गरेपछि गम्भीर घाइते भइन् । सुस्मिताले गुहार माग्दै कराउन थालेपछि सासू तुलासा भान्छाकोठातिर आएकी थिइन् । तर बाबुछोरीले अर्को कोठामा जान भने । त्यसपछि बाबुछोरी मिलेर सुस्मिताको हत्यालाई आत्महत्या जस्तो बनाउने प्रयासमा गर्छन् । भुईँमा लागेको रगत सफा गरे, भित्रबाट चुकुल लगाएर झ्यालबाट बाहिर निस्किए । भोलिपल्ट ससुरा प्रकाशले बुहारीले आत्महत्या गरेको भन्दै गाउँलेलाई बोलाएपछि घटना प्रहरीसम्म पुगेको थियो ।
    हत्या अभियोगमा प्रहरी हिरासतमा रहेकाहरुलाई मुलकको फौजदारी अपराध संहिता २०७४ को दफा ४१ क बमोजिम क्रुर यातना दिएर ज्यान मारेको आरोपमा जन्मकैद हुने व्यवस्था रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख सुशिलसिंह राठौरले बताए ।

    Leave a Reply