मारवाडी सेवा समाजद्वारा गोरक्ष रत्ननाथ मठ चाैघेरामा निःशुल्क रोग प्रतिरोधात्मक औषधि वितरण

  • १४ असार २०७७, आईतवार १३:१६ मा प्रकाशित
  • बसन्त अनुभव

    चाैघेरा, दाङ, १४ असार / मारवाडी सेवा समाजले श्री गाेरक्ष सिद्दरत्ननाथ मठ चाैघेरा, दाङमा राेग प्रतिराेधात्मक हाेमियाेपेथिक औषधि नि:शुल्क वितरण गरेको छ । समाजका दाङ जिल्ला अध्यक्ष विकाश अग्रवालको अध्यक्षतामा औषधि वितरण कार्यक्रम सम्पन्न भएको थियो ।

    कार्यक्रममा बोल्दै मारवाडी सेवा समाज, दाङ जिल्ला अध्यक्ष विकाश अग्रवालले वितरण गरिएको हाेमियाेपेथिक औषधि काेराेना ठिक गर्ने औषधि नभएर हाम्रो शरीरको राेगसंग लड्न सक्ने रोग प्रतिराेधात्मक शक्ती वृद्वि गर्ने भएकाले काेराेना ठिक गर्छ भनेर भ्रममा नपर्न सबैमा अनुरोध गर्नुभयो । साथै उहाँले उक्त औषधि नियमानुसार मात्रा मिलाएर पथपहरेजमा रही सेवन गरेमा राम्राे फाईदा पुग्ने बताउनु भयाे ।

    उक्त कार्यक्रममा सिद्द रत्ननाथ मठका महन्त महानुभाव सुरतनाथ याेगी, चेम्वर अफ कमर्शका कुमारराज श्रेष्ठ, बलदेव याेगी, नरबहादुर न्याैपाने, गोरखनाथ वैदिक गुरूकुलका अध्यक्ष प्रकाश भट्टराई लगायतका महानुभावहरूकाे प्रमुख उपस्थिति रहेकाे थियाे ।

    कार्यक्रममा १०० भन्दा बढि घरपरिवारका ७५० जना ब्यक्तिलाइ पुग्ने गरी कोरोना विरूद्व रोग प्रतिरोधात्मक क्षमता वृद्वि गर्ने होमियोप्याथिक औषधि वितरण गरिएको थियो । कार्यक्रममा विश्व कल्याणका लागि गाेरखनाथ वैदिक गुरुकुलका वटुक तथा कन्याद्वारा स्वस्ति वाचन गरिएको थियो भने कार्यक्रमको सञ्चालन गुरूकुलका अध्यक्ष प्रकाश भट्टराईले गर्नुभएकाे थियाे ।

    Leave a Reply