सुशील सुबेदी
सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकाले पनि निति तथा कार्यक्रममा नागरिककै गुनासो सम्बोधन र प्रत्यक्ष लाभान्वित हुने योजनाको नागरिकस्तरबाटै माग गरेको छ । नगर पालिकाले सार्वजनिक सुचना जारी गर्दै आवश्यक योजना कार्यक्रमको नाम , लागत अनुमान साथै उक्त योजनाको औचित्य समेतलाइ लिखित रुपमा माग गरेको हो ।
। सरकारले जतिसुकै आकर्षक निति तथा कार्यक्रम ल्याएपनि कुनै न कुनै क्षेत्रमा हरेक बर्ष नागरिकको गुनासो आउने गरेको छ । नागरिक स्तरबाटै निति तथा कार्यक्रमको माग आउँदा नागरिकको समस्था सम्बोधन गर्न सजिलो हुने नगरपालिकाले जनाएको छ ।
योजनाहरुलाइ सम्बन्धि वडामा वा लिखित रुपमा वा आफ्नो पालिकाको इमेल, dms.melamchimun@gmail.com फेसबुकपेज लगाएत विभिन्न सामाजिक संजालमा पठाउन सकिने ब्यबस्था मिलाएको प्रमुख प्रशासकिय अधिकृत कुमार प्रसाद कोइरालाले जानकारी दिनुभयो । यसरी नागरिक स्तर बाटै योजनाको माग गर्दा जनताहरुले प्रत्यक्ष रुपमा लाभन्वित हुने मेलम्ची नगरपालिकाका प्रमुख डम्बर अर्यालले जानकारी दिनुभयो ।

