दलित बालबालिकाको शिक्षामा पहुँच तथा विद्यालय टिकाउ अभियानको लागि १०१ दलित युवा नेतृत्व

  • २३ जेष्ठ २०७७, शुक्रबार ०८:०६ मा प्रकाशित
  • उमेश कुशवाहा बीरगंज जेष्ठ २३

    दलित बालबालिकाको शिक्षामा पहुँच तथा विद्यालय टिकाउ अभियानको लागि १०१ दलित युवाको नेतृत्वमा कमिटी गठन गरिएकोछ ।

    जून दलित बालबालिकाहरु बिधलाय पहुच बाहिर रहेका छन,त्यसलाई विद्यालयमा पहुँच गराउने उदेश्यको लागि कमिटी गठन गरिएको दलित अधिकार समाज पर्साका अध्यक्ष मनोज रामले बताए।

    Peace4Dalits Foundation,Nepal र दलित अधिकार समाज पर्सा,नेपालको संयुक्त आयोजनामा पर्सा जिल्लाको सम्पूर्ण गाउँपालिका,नगरपालिका र महानगरपालिकामा रहेकोे दलित समुदायको बालबालिकाहरु लागि विद्यालयमा पहुँच गराउने उदेश्यको साथ यो अभियान सुरु गरिएको छ।

    विद्यालय बाहिर रहेकोे दलित बालबालिका लाई विद्यालय भर्ना गराउने, दलित बाल बालिकालाई निशुल्क ट्युसनसंचालन गर्ने,अभिभावकलाई उत्प्रेरित गर्ने, शिक्षाको महत्त्व अभिभावकलाई जानकारी गराउने , अभिभावकलाई जागरुक गराउने,दलित बाल बालिका विद्यालय बाहिर रहने कारण अनुसन्धान गर्ने, दलित बालबालिका विद्यालय टिकाउको लागि के के क्रियाकलाप संचालन गर्ने छलफल गर्ने,दलित बालबालिका लाई सहयोग गर्ने , शिक्षक तथा सरोकारवाला संग छलफल गर्ने कार्यक्रम संचालन गरिनेछ। यो सम्पूर्ण क्रियाकलाप दलित युवाको नेतृत्वमा संचालन गरिनेछ ।


    सबै सम्बन्धित निकाय , सरोकारवाला संग सहयोग , सहकार्य र समन्वयको लागि दलित अधिकार समाज पर्साका अध्यक्ष मनोज रामले अनुरोध पनि गरेेका छन। जय दलित,जय शिक्षा को नारा को नारा समेत लगाएका हुन।

    Leave a Reply