राहत सामग्री बितरण, तीन तह सरकार फेल, समाजिक अभियन्ता तत्पर

  • १९ जेष्ठ २०७७, सोमबार ११:४० मा प्रकाशित
  • उमेश कुशवाहा बीरगंज

    पर्सा जिल्ला जिराभवानी गाऊँपालिक वार्ड नम्बर ५ को शंकर सरैया मा बसोबास गर्दै आइरहेको सकुमबासी, बिपन्न गरीब मुसहर(माँझी) ,चमार तथा पासवान ७५घर परिवारहरु आज लॉकडौन को ७०दिन बीती सकदा पनि तीन तहका सरकार मध्ये कुनै पनीं सरकार को उपस्थित देखिएन र ऊनि हरूको अवस्था अहिले त्राहिमाम त्राहिमाम छ।

    यिनी बिपन्न, ग़रीब ,सकुमबासी घर परिवार हरु लाई NRNको ICC सदस्य अरुण कुमार ठाकुर,बिरगंज लक्ष्मणवाको सहयोगी युवा हरीनारायण शाह तथा दया फॉउंडेशन र भी.सी.एन.नामक संस्थाको आर्थिक सहयोगमा सामाजिक अभियन्ता प्रकाश थारू को संयोजन मा स्थानीय युवाहरु संजय चौधारी, महेश दहैत, बिनोद राउत लगायतको सहयोगमा राहत सामग्री बितरण गरिएको छ।


    ई सबै जानाले ज्याला मजदूरी मात्रै गरेर आफ्नो घर परिवार को 2छाक को व्यवस्था गर्छन तर अहिलेको महामारी को बख़्त निषेधाज्ञा तथा लॉकडौन समयमा चाहेर पनीं ज्याला मजदुरी गर्न सकिरहेको छैन र आज सम्म कसैले राहतको नाममा एक चम्च नून समेत वितरण गरेको छैन त्यसैले गर्दा अब यिनी हरु कॅरोना असर अघिपछि हुन्छ तर भोक मरिको चपेटा मा पक्कै पर्छ त्यसकारण ऊनि हरुलाई राहतको व्यवस्था गरेरी बितरण गरेको कुरा भी. सी.एन.को अध्यक्ष दीपक चापागई तथा उपा अध्यक्ष राधा मतांगीले जानकारी गराउनु भएको छ ।
    उक्त गाऊँपालिकको वार्ड नं ५ को हरैया,सखुवनीयाको विपन्न बर्ग हरुलाई अझसम्म पनीं राहत नपायेर त्राहिमाम छ ।


    कोभिड़ १९ ले अघिपछि असर गर्छ तर अहिले भोकमरिले
    पक्कै प्रभावित हुन्छ यिनी बिपन्न गरीब बर्ग का व्यक्तिहरुलाई साहयोग को आवश्यकता भएको ले साहयोग गर्न सामाजिक अभियन्ता प्रकाश थारू अनुरोध समेत गरेका छन।
    बितरण गरिएको सामानको बिबरण प्रति परिवार निम्न प्रकार छ

    विबरण परिमाण
    १,चामल १५ किलो
    २,दाल १किलो
    ३,खानेतेल ५००मि ली
    ४,आलु २किलो
    ५,प्याज १किलो
    ६,नुन १किलो
    ७’साबुन २ थान

    सामाजिक अभियन्ता प्रकाश थारूले बताउनु भयो।

    Leave a Reply