उमेश कुशवाहा
पर्सा जिल्ला अदालतको मिति २०६७।१०।२४ गते लगत नं.२७८५ को आदेशले लागु औषध गाँजा / अफिम मुद्दामा १५ बर्ष कैद र ५०२५००।- जरिवाना तोकिएको फरार प्रतिवादी जिल्ला पर्सा साविक गम्हरिया गा.वि.स.वडा नं.५ हाल बहुदरमाई गा.पा.वडा नं.६ बस्ने रामानन्द महतोको छोरा बर्ष ३५ को शिव प्रसाद महतोलाई जिल्ला प्रहरी कार्यलय पर्सा पक्राउ गरेको छ । गाउँमा नै प्रहरीको आखा छलि लुकिछिपी बसेको भएपनि आज खटिएको प्रहरी टोलीले बिहाना ८:३० बजेको समयमा आफ्नै गाउँघरमावाट नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी सम्मानित पर्सा जिल्ला अदालतमा पेश गरिएको छ । जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।


