हजुर ! अब त गंभिर हुने कि ?

  • ३० बैशाख २०७७, मंगलवार २२:५५ मा प्रकाशित
  • वसन्त अनुभव
    दाङ, ३० बैशाख
    कोभिड १९ को संक्रमण रोकथाम तथा नियन्त्रणका लागि भनेर गत चैत्र ११ गते देखि जारी लकडाउन शिथिल हुँदै गइरहेको छ । अझ भन्नुपर्दा दाङ जिल्लाका स्थानीय बजार क्षेत्रहरुमा हुने गरेको मानिसहरुको भिडभाड देख्दा लकडाउन अघोषित रुपमा अन्त्य भइसकेको होकि भन्ने भान हुन्छ ।

    अमेरिका जस्तो सुविधा सम्पन्न विकसित राष्ट्र त कोरोनाको कहरलाई थेग्न नसकेर फटफटाईरहेको छ भने हाम्रो हाल के होला ? हालसम्म नेपालमा कोरोना संक्रमित संख्या २१७ जना पुगिसकेको छ । संक्रमितहरुको संख्या अझै द्रुतत्तर गतिमा बढ्ने देखिन्छ । हालसम्म कोरोनाका कारण कुनै पनि व्यक्तिको मृत्युु भएको पुष्टि नभए पनि निकट दिनमा नहोला भन्न सकिन्न । जब कोरोनाबाट रोगि, बुढापाका, कमजोर व्यक्तिहरु संक्रमित हुने छन तब अहिलेसम्मको रेकर्ड कायम रहि राख्ने स्थिति रहने छैन । त्यतिबेला सुर्ताउनु सिवाय केही बाकी हुनेछैन ।

    सामाजिक दुरी कहिँकतै कायम भएको देखिदैन । कुनै कुनै मेडिकल, खाद्यान्न पसल, लगायतका पसल अगाडि सामाजिक दुरी कायम राख्नका लागि एक मिटरको फरकमा गोलो घेरा बनाएको देखिए पनि पालना भएको देखिदैन ।

    नेपालमा कोरोना संक्रमितको संख्या दिनप्रतिदिन गुणात्मक रुपले बढिरहेको छ । हामीमा डर त्रास भने पटक्कै छैन । सायद वीर गोर्खालीका सन्तान भएर होला हामी कोरोनालाई खुला चुनौती दिइरहेका छौ ।

    सरकारले गरेको लकडाउनको अवज्ञा गर्दा आफुलाई ठूलो मान्छे संझन्छौ । लकडाउनका पालना गराउन हिडेका सुरक्षाकर्मीहरुलाई ढुंगामुढा गर्न समेत पछि पर्दैनौ । कोरोना संक्रमित व्यक्तिहरुले आफुलाई रोग लागेपनी अरुलाई नलागोस भन्ने तर्फ सचेत हुनुको साटो उपचारमा संलग्न स्वास्थ्यकर्मी, सुरक्षाकर्मीहरु माथी थुक्ने, जाइलाग्ने गरेको सुन्ने गरिन्छ ।

    कति संक्रमितले आफ्नो झुठो अरुलाई खुवाएर रोगलाई बढावा दिदै गरेको समाचारमा देख्ने र सुन्ने गरिन्छ ।नेपाल भुमिमै रुपैया पैसामा आफ्नो थुक लगाएर फाल्दै हिडेका मानिस भेटिएको धेरै भएको छैन । साच्चै हामीमा मानवियताको संकट परेकै हो त ?

    देश गंभिर परिस्थितिबाट गुज्रिरहेको छ । संक्रमणको जोखिम कम गर्न लकडाउन गर्नुपर्ने बाध्यता रहेको छ । यस्तो बेलामा नागरिकहरुलाई साह्रो गाह्रो नपर्ने त कुरै भएन । जस्तै कठिन परिस्थितिमा पनि धैर्य र संयमता अपनाई हामी जसरी पनि सुरक्षीत रहनु वा बाच्नु ठूलो कुरो हो । बाचेपछी त भोलि हाम्रो सबै रहरहरु पूरा गरौला नि ।

    अत्यावश्यक काम पर्दा वा आपतकालीन अवस्थामा त घर बाहिर निस्कनु पर्ने हुन्छ ।घरमा खाद्यान्न सिद्विएको बेला, बिरामी परेको बेला, त्यस्तै अन्य अतिआवश्यक काम परेको बेला घर बाहिर निस्कनु पर्दा संबंधित सरोकारवाला निकायलाई जानकारी गराएर निस्कदा ठिक हुन्छ । तर पनि कतिपय मानिसहरुले पास लिनुपर्छ भन्ने जानकारी नभएर वा पाउन नसकेर आपतकालीन काम पर्दा निस्केका हुन्छन ।

    सुरक्षाकर्मीले पनि परिस्थितिको गांभिर्यतालाई ख्याल गरि सजकताका साथ उक्त व्यक्तिलाई जान दिनु पर्दछ। माथिको आदेश भन्दै लठ्ठी बर्षाउनु कदापि मानवीयता होइन । यस्तो परिस्थितिमा स्वविवेक र संयमताको निकै खाचो पर्दछ । सर्वसाधारण हामी जन्ताले पनि सुरक्षाकर्मी, स्वास्थ्यकर्मीहरु हाम्रै सुरक्षाका लागि आफ्नो ज्यानको बाजि लगाई मैदानमा उत्रिएका छन भन्ने कदापि भुल्नु हुदैन ।

    मुलुक यस्तो गंभिर मोडमा पुगेको छ । कोरोनाको कहर वर्षिएको छ । यस्तोबेलामा पनि कतिपय मान्छेहरु मानवीय संवेदना समेतको ख्याल नगरी भ्रष्टाचार, कालोबजारी, ठगीमा तल्लीन छन । कात्रोमा पकेट सिलाउन लागिपरेका छन । आफुखुशी सामानको मूल्य बढाउने, कृत्रिम अभाव श्रृजना गर्ने, राम्रो सामानमा कुहिएको र कमसल सामान मिसाएर बेच्ने, स्वास्थ्य र सुरक्षा सामग्री खरिदमा कमिसन खाने गरेका घटनाहरु सुन्नुर देख्नु पर्दा दु:ख लाग्ने गर्दछ । यस्तो बेला त कम्तीमा मानवताको ख्याल गरौ । लाज सरम, पापधर्म, इज्जतको केही त ख्याल गरौ ।

    कोरोनाले विस्तारै आफ्नो पकड बनाउदै छ । नेपाल पनि कोरोना संक्रमणको पहिलो, दोश्रो हुँदै तेश्रो चरणमा प्रवेश गरिसकेको छ । लकडाउनको गंभिर अवस्थामा रिपोर्टिङ गर्ने पत्रकार र संक्रमितको उपचारमा संलग्न स्वास्थ्यकर्मी पनि कोरोनाबाट अछुतो रहन सकेनन । यस्तै परिस्थिति रहे ठूलो भयावह स्थिती नआउला भन्न सकिन्न ।

    अमेरिका जस्तो सुविधा सम्पन्न विकसित राष्ट्र त कोरोनाको कहरलाई थेग्न नसकेर फटफटाईरहेको छ भने हाम्रो हाल के होला ? हालसम्म नेपालमा कोरोना संक्रमित संख्या २१७ जना पुगिसकेको छ । संक्रमितहरुको संख्या अझै द्रुतत्तर गतिमा बढ्ने देखिन्छ । हालसम्म कोरोनाका कारण कुनै पनि व्यक्तिको मृत्युु भएको पुष्टि नभए पनि निकट दिनमा नहोला भन्न सकिन्न । जब कोरोनाबाट रोगि, बुढापाका, कमजोर व्यक्तिहरु संक्रमित हुने छन तब अहिलेसम्मको रेकर्ड कायम रहि राख्ने छैन । त्यतिबेला सुर्ताउनु सिवाय केही बाकी हुनेछैन ।

    अहिलेसम्म परिस्थिति हाम्रै हातमा छ । हामीले चाहायौ भने कोरोनालाई नियन्त्रण गर्न सक्दछौ । सबैले सरकारले जारी गरेको सुरक्षा सावधानीहरु अक्षरस: पालना गरौ । स्वास्थ्य मन्त्रालयले दिएको सुझावलाई अवलम्बन गरौ । आफ्नो टोल छिमेकमा भर्खरै कुनै परिचित वा अपरिचित, आफन्त जोसुकै आएको थाहा पाउने बित्तिकै क्वारेन्टाइन स्थलसम्म पुर्‍याउने काम गरौ । जाती, धर्म, नाता आदि कुनै कुराको प्रलोभनमा नपरी कोरोना नियन्त्रणमा योगदान दियौ । घरमा रहौ, स्वस्थ रहौ ।

    Leave a Reply