
समिर पाख्रीन, काठमाण्डौ
पहाड मधेशबीचको
कथित सीमा स्तम्भ चुरेक्षेत्र
तीव्र गतिमा दोहन हुँदैछ ।
जङ्गल फडानीसँगै
ठूलो परिमाणमा
बालुवा,गिट्टी,ढुङ्गा
खुलेआम तस्करी भइरहेछ
चुरे क्षेत्र
पहाड मात्र होइन
तराई मधेश सिञ्चित गनेॅ
भूमिगत जलश्रोतको मुहान हो
ठीकै यस्तै
तराई मधेश मात्र होइन
नेपालीको बाँच्ने आधार
विशाल अन्न भण्डार पनि हो
चुरे दोहनले कालान्तरमा
तराई मरूभूमि बन्न सक्छ।
अन्नबाली लहलह झुल्ने
तराईको हरिया विशाल फाँट
उराठलाग्दो काँडाघारीमा
परिणत हुन सक्छ।
भोकमरीले सारा देशवासी
हताहत हुन सक्छन्।
वातावरण विनासको कारण
हाम्रो सिङ्गो मुलुक
कतार साउदी अरब जस्तो
भतभती पोल्ने बन्न सक्छ
यसैले,
चुरेक्षेत्रलाई पहाड मधेशको
कथित सीमास्तम्भ ठानेर
उपेक्षा ,वेवास्ता नगरौं
यो त विशाल
समथर तराई मधेश चिस्याउने
प्राकृतिक चिस्यान केन्द्र हो ।
सबैले यो सत्यतालाई
बिना भेदभाव आत्मसात गरौं
चुरे-तराईको सम्बन्ध
हाड नाताको छ
यसको सबैले सम्मान गरौं
आऔ चुरे बचाऔं
अभियानलाई अघि बढाऔ
चुरे बचाऔं
वातावरण सरंक्षण गरौ।
भावी पिढीलाई हराभरा
समृद्ध तराई पहाड
हस्तान्तरण गरौ
आऔ सुन्दर चुरे तराई
हस्तान्तरण गरौ ।

