राष्ट्रपति भण्डारीद्वारा संघीय संसद अधिवेशन आव्हान

  • २१ बैशाख २०७७, आईतवार १५:१९ मा प्रकाशित
  • -वसन्त अनुभव

    काठमाडौं, २१ बैशाख / राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा संघीय संसदका दुवै सदनको अधिवेशन आह्‍वान भएको छ । राष्ट्रपति भण्डारीले आईतवार बसेको मन्त्रिपरिषद्को निर्णय बमोजिम संसद बैठक बोलाउनु भएको हो ।

    उहाँले बैशाख २६ गते शुक्रबार अपरान्ह ४ बजेका लागि संसद बैठक आव्हान गर्नु भएको राष्ट्रपतिको कार्यालयका सहायक प्रवक्ता केशव प्रसाद घिमिरे जानकारी दिनुभयो ।

    सहायक प्रवक्ता घिमिरेका अनुसार संविधानको धारा ९३ को उपधारा (१) बमोजिम वैशाख २६ गते शुक्रबार अपरान्ह ४ बजेका लागि अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नयाँबानेश्‍वरमा संघीय संसदका दुवै सदनको अधिवेशन बोलाइएको हो।

    Leave a Reply