राप्ती प्रादेशिक अस्पतालद्वारा नवनियुक्त अध्यक्ष न्यौपानेको स्वागत

  • ७ जेष्ठ २०७७, बुधबार १८:४७ मा प्रकाशित
  • वसन्त अनुभव

    तुलसीपुर, दाङ, ७ जेठ
    राप्ती प्रादेशिक अस्पताल तुलसीपुर दाङले आज अस्पताल विकास समितिका नवनियुक्त अध्यक्ष पदम प्रसाद न्यौपानेलाई एक कार्यक्रमको आयोजना गरि स्वागत गरेको छ ।

    उक्त कार्यक्रममा राप्ती प्रादेशिक अस्पतालका नवनियुक्त अध्यक्ष एवं कार्यक्रमका प्रमुख अतिथी पदम प्रसाद न्यौपानेले अस्पतालको समुन्नत विकास र स्तरोन्नतिका लागि स्थानीय बुद्धिजिवि, जनप्रतिनिधि, अस्पतालका चिकित्सक एवं कर्मचारीहरुसँग मिलेर अगाडि बढ्ने बताउनु भयो ।

    कार्यक्रममा नवनियुक्त अध्यक्षलाई स्वागत एवं शुभकामना मन्तव्य दिनुहुदै अस्पतालका वरिष्ठ कन्सल्टेन्ट सर्जन डा जनार्दन पन्थीले सबै चिकित्सक एवं कर्मचारीहरु एकतावद्व भइ काम गर्ने र अस्पतालको हित हुने काममा कुनै कसर बाकी नछाड्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

    साथै नवनियुक्त अध्यक्षलाई स्वागत एवं शुभकामना मन्तव्य दिनुहुदै कार्यक्रमका विशिष्ट अतिथी एवं तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ र ६ का वडाअध्यक्षद्वय दिपेन्द्र शाह र नवराज लामिछानेले अस्पतालको विकासका लागि नवनियुक्त अध्यक्षलाई स्थानीय तहबाट पुर्ण सहयोग मिल्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।कार्यक्रममा ल्याअ लिलाधर खड्काले पनि शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

    कार्यक्रम राप्ती प्रादेशिक अस्पतालका सुपरिटेन्डेन्ट डा सर्वेश शर्माको अध्यक्षता एवं नवनियुक्त अध्यक्ष पदमप्रसाद न्यौपानेको प्रमुख आतिथ्यतामा भएको थियो ।

    साथै कार्यक्रममा राप्ती प्रादेशिक अस्पतालका कन्सल्टेन्ट चिकित्सकहरु, फाँट प्रमुखहरु लगायत कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

    राप्ती प्रादेशिक अस्पतालका सुचना अधिकारी एवं जस्वानी डिल्ली बहादुर केसीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रममा प्रशासकीय अधिकृत सरोज भण्डारीले कार्यक्रम संचालन गर्नुभएको थियो ।

    Leave a Reply