मंगलबारदेखि नेपालगन्ज निषेधित क्षेत्र घोषणा

  • २२ बैशाख २०७७, सोमबार २२:०१ मा प्रकाशित
  • नेपालगन्ज – लकडाउन थप प्रभावकारी बनाउने भन्दै बाँके प्रशासनले नेपालगन्ज उपमहानगरपालिकालाई तीन दिनलाई पूर्ण निषेधित क्षेत्र घोषणा गरेको छ ।

    जिल्ला प्रशासन कार्यालय बाँकेमा बसेको सर्वदलीय, सर्वपक्षीय बैठकले मंगलबार बिहान ११ बजेदेखि लागु हुने गरी नेपालगन्ज उपमहानगरपालिकालाई पूर्णत निषेधित क्षेत्र घोषणा गर्ने निर्णय गरेको हो ।

    बिहीबार मध्यरातिसम्मका लागि यो निर्णय लागु गरीएको प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले जानकारी दिए । मंगलबार बिहान ११ बजेदेखि औषधि पसलबाहेकका सम्पूर्ण पसल ब्यबसाय बन्द रहनेछन् ।

    ‘लकडाउन लाइ प्रभावकारी बनाउन यो निर्णय गरेका हौ‌ं,’ प्रजिअ खड्काले भने, ‘यो तीन दिन घरबाहिर निस्कन पाइने छैन ।’ तीन दिनपछि अवस्था हेरेर फेरि निर्णय गरिने उनले बताए ।

    उनले संक्रमितहरुको कन्ट्रयाक ट्रेसिङलाई प्रभावकारी बनाउने समेत निर्णय गरेको छ ।
    राप्ती सन्देश

    Leave a Reply