भोली ३१ मे देखि साउदी अरबका ९०,००० मस्जिदहरु प्राथना (नमाज)का लागी पुनः खुल्दै ।

  • १८ जेष्ठ २०७७, आईतवार ०२:०४ मा प्रकाशित
  • ३० मे २०२०! अल कासिम साउदी अरब,

    बिश्वब्यापी फैलिएको कोरोना भाइरस नियन्त्रणका लागी साउदी सरकारले लगभग २ महिना लामो समय देखी बन्द गरिएका मस्जिदहरू भोलि ३१ मे २०२० का दिन देखि पुनः खोलिदै छन् ।

    साउदी सरकारले गत केहि दिन आगाडी बैठक गर्दै लकडाउनलाइ खुकुलो बनाउने र प्राथना नमाज़का लागि मस्जिदहरु खुल्ला गरिने घोषणा गरेको थियो । तर मस्जिदहरु खुलेपनी मस्जिदमा प्राथना गर्न जानेहरुले बिशेष सावधानीका उपायहरु पालना गर्नुपर्नेछ ।

    साबधानिका उपायहरू बुँदागत :-
    १) घरमै पविित्र भएर वजु बनाएर आउनु पर्छ ।
    २) सहि तरिकाले हातलाई मस्जिद बाट बाहिर निस्कनु अघि र घर पुगेपछि स्यानीटाइजरले स्यानीटइज गर्नुपर्छ ।
    ३) बृद र पुराना रोगीहरु लाई घरमै नमाज पढ्नु पर्नेेेछ।
    ४) क़ुरान आफ्नै मोबाइल बाट पढ्ने वा आफ्नै निजी क़ुरान कपि पढ्ननु पर्नेेेछ

    ५) नमाज पढ्दा बिछ्याउने चटाई ल्याउन आफैले मस्जिद लैजानु पर्नेछ ।
    ६) एक नमाजी र अर्को नमाज पढ्ने नमाज़ी देखी २ मीटर को दुरी राख्नु पर्नछ ।
    ७) १५ बर्ष मुनिका बालबालीका ल्याउन मनाही छ ।
    ८) अनिवार्य फ़ेस मास्क लगाउन र हात नमिलाउन सुझाव दिएको छ ।

    यी माथिका बुंदाहरु अपनाए मात्रै साउदी अरबका मस्जिदहरुमा प्राथना गर्न जान पाइने छ ।

    अन्तर्राष्ट्रिय नेपाली मुस्लिम समाज साउदिका अध्यक्ष मोहम्मद जैनुल अब्दिन को साथमा म रम्जान दिन मियाँ ।

    Leave a Reply