बैदेशिक रोजगारीबाट फर्केका कर्मठ जनशक्तिलाई कसरी ब्यबस्थापन गर्ने !

  • ३ जेष्ठ २०७७, शनिबार ००:१० मा प्रकाशित

  • कोबिड-१९ ले ल्याएको बिश्वब्यापी विषम परिस्थितिलाई नियाल्दा विश्वका अधिकाम्श देशहरुका, देश हाक्ने भेटेरान नेताहरु डराइरहेको अवस्था छ, यसले धेरै राष्ट्रहरुलाई आर्थिक हिसाबले ठुलो क्षति बनाउदै छ, पर्यटन तथा हस्पिटालिटी, एयरलाइन्स ब्यबशाय सबै भन्दा धेरै चपेटामा परेको देखिन्छ !

    विश्वका बैज्ञानिकहरु रातोदिन यसैको निरकरणको खोजीमा तल्लिन भैरहदा पनि, कतै संकेत सम्म नदेखिनु र यसले आफ्ना लक्षणहरु फेर्दै जानु आदि कारणले यो विषम परिस्थिति तत्काल नियन्त्रणमा आउने छाट छन्द अहिले सम्म देखिएको छैन र यदि केहि भैहाल्यो उपाय, समाधान, उपचार हुने सम्भाबना भयो भने पनि मानब मनस्थिति पुरानै परिस्थितिमा फर्कन केहि बर्ष लाग्न सक्छ!
    कुनै सरकारले अत्यधिक प्रभावित ब्यबशायहरुलाई प्राथमिकताको आधारमा आर्थिक सहुलियत दिएर केहि समय यथास्थितिमा राख्ने प्रयास गरेपनि यसको निरन्तरता सम्भब छैन | आर्थिक व्ययभारलाई थेग्न नसक्ने ब्यबशायहरु पूर्ण रुपमा बन्द हुन सक्छन् | कयौं को रोजगारी गुम्न सक्छ, आश्रित परिवार आर्थिक अभाव, गास बास तथा कपासको चपेटामा पर्न सक्छ ! यसको लक्षण हरु बिस्तारै विश्व श्रम बजारमा देखिदै गएका छ र बढ्दो क्रममा छ !
    हामी नेपालीहरु सरकारी आकडा अनुसार पनि ३५ देखि ४० लाखको हाराहारीमा बैदेशिक रोजगारीकै शिलशिलामा देश बाहिर छौ ! रोजगारी गुम्नु र आर्थिक समस्या हामी नेपालीहरुलाई नै टट्कारोरुपमा आइ पर्दैछ | हामी सहित रेमिटेन्स ले धानिएको हाम्रो देशको अर्थतन्त्र (जीडीपी को झन्डै एक तिहाइ योगदान रेमिटेन्स को छ) र रेमिटेन्समै आश्रित हाम्रो परिवार ठुलो आर्थिक समस्यामा पर्ने देखिन्छ !
    त्यहि हामीले पठाएको रेमिटेन्सको पैसा, नेपालि जनताले तिरेको चर्को कर नेतृत्व वर्ग तथा नीतिनिर्माण तहमा रहनेहरुले विभिन्न सेवा शिर्षकमा आफु र आफ्ना आसेपासेलाइ भागबण्डा पालन पोषण गरि बचेखुचेको केहि चुहिदै -तुर्किदै हामी जनता समक्ष बिकाशको नाममा पुग्ने हो !

    यसरीनै बर्षौदेखि हाम्रो देश चलिरहेको छ | सत्ता, पद र पावरमा हुनेहरुले त्यहि रेमिटेन्स मात्रै देखे त्यसैमा र्याल चुहाए, रेमिटेन्स पठाउनेहरु हाम्रा नागरिक हुन् भन्ने कहिले सोचेका रहेनछन, हामीले पठाएको नोट चाहिने, हामि नचाहिने रहेछौ ,यो कुराको तथ्य, सहि जानकारी तथा ऐहसास यो कोभिड-१९ ले हामीलाई गराएको छ | स्मरण रहोस्, सरकारी तथ्यांक अनुसार आर्थिक बर्ष २०७४/७५ मा झन्डै ७ खर्ब रुपैयाँ रेमिटेन्स बाट देश भित्रिएको थियो | हाम्रा देश हाक्ने नेताहरुमा मानबीय संबेदनाको कमि रहेछ ,हामी बबुराले बल्ल बुझ्दै छौ, यत्ति भनौ |

    समस्या आफैमा अवसर भएर पनि आउछ यदि राष्ट्रको नेतृत्व गर्ने, नीति निर्माण गर्नेहरुले बुद्दि र बिबेकको प्रयोग गर्न जान्ने हो भने | स्वाभिमानी, स्वाबलम्बी भइ देशको बिकास गर्दै आर्थिक उन्नति गर्ने अत्यन्त उपयुक्त समय हो यो , कोभिड -१९ ले हामीलाई समस्या मात्रै होइन अवसर पनि दिएको छ ,हामीले यो अवसरलाई चुकाउनु हुदैन |
    हामी नेपाल बाट अधिकांश अदक्ष कामदार हरु खाडी लगायत विश्वका विभिन्न मुलुकमा आएर काम गर्दै दक्षता हासिल गरेका छौ | हामी नेपालीले २० बर्षमा खाडी का अधिकांश मुलुकमा ठुलो भौतिक बिकाश गरि यहाका देशलाई कायापलट गरेका छौ |

    बिदेशमा आफ्नो पसिना बगाएका, देश प्रतिको अगाध माया ममता सहित अदक्ष बाट दक्ष भएर श्रम गर्ने पौरखी हातहरु स्वदेश फर्कदै छन् , यो रास्ट्रको लागि महत्वपूर्ण अवसर पनि हो, नेपाल सरकारले उच्च मुल्यांकन र सम्मानका साथ बिदेशमा सिकेको श्रम को उचित प्रयोग र राष्ट्रलाई फाइदा हुने किसिमले रास्ट्र निर्माणमा हामीलाई सहभागी गराओस !

    सरकारी तथ्यांक अनुसार आर्थिक बर्ष ७४/७५ मा ३९ अर्ब २ करोड ५९ लाख रुपैयाँको खाद्यान्न र १७ अर्ब ९५ करोड ८१ लाख रुपैयाँको फलफुल तथा तरकारी विदेशबाट आयात भएको छ । प्लाटिंग ले बाझो भएको उर्भर जमिन, गाउ छोडेर शहर बजारमा बस्नेहरुको गाउमा बाझै छोडिएका जमिनहरुलाई स्थानीय तहको सिफारिसमा न्युनतम मुल्यमा बैदेशिक रोजगार बाट फर्केको जनशक्तिलाइ आधुनिक खेतीको प्रयोजनको लागि उपलब्ध गराउने !सामुहिक एकीकृत पशुपालन र उन्नत खेति को लागि प्राबिधिक सहयोग तथा प्रयोग बिहिन व्यक्तिगत तथा सरकारी जमिन उपलब्ध गराउने हो भने यो आयात लाइ धेरै हद सम्म हामीले कम गर्न सक्छौं ! कृषि प्रधान देशमा कृषि बाटै हामी मुलुकको कायापलट गर्न सक्छौं , बिदेशमा आठ घण्टा खटिएर काम गर्नु पर्छ, भोलि बिहान काममा जानु छ भनि सिरानीमा आलाराम लगाएर सुत्ने कर्मठ पौरखीले नेपाल बनाउने छन् , दुख के रहेछ, विदेश केहो, आफ्नो राष्ट्र र राष्ट्रियता भनेको के रहेछ बुझेका छन्, आत्मसात गरेका छन् !

    सडक विभागको हालैको तथ्यांक अनुसार राष्टिय राजमार्ग / सडक (पक्की) को कुल लम्बाई ५२६४ किलोमिटर छ ( डाटामा २० किलोमिटर भन्दा माथीका सडकहरु मात्रै समाबेश गरिएको छ)| यसमा मध्य- पहाडी लोकमार्ग, काली गण्डकी करिडोर लगायतका सम्पन्न भैनसकेका ठुला राजमार्गहरु उल्लेख गरिएका छैनन् | ५२६४ किलोमिटर मध्ये अनुमानित झन्डै ६५ % बजार इलाका, भिर पहरा भएको र सडक किनारा उपयोग गर्न नसकिने हुन सक्छ बाकि ३५ % राजमार्गको भागमा अधिकाश ठाउहरुमा राजमार्गको दुवै पट्टि आप लिची अम्बा लगायत का ठाउ अनुसारका उपयुक्त फलफुल लगाउन सकिन्छ |
    जसमा हाम्रा कृषि प्राबिधिक लाइ प्रयोग गरि माटो जाच गरि कुन ठाउमा कुन फलफुल उपयुक्त हुन्छ सिफारिस गर्न लगाउने साथै आबश्यक बिरुवा उपलब्ध गराउने व्यवस्था गर्ने | सडकको १८४२ किलोमिटर मा यदि फलफुल खेति गर्न सक्यौ भने साच्चिनै हामी आप लिची लगायत का फलफूलमा आत्म निर्भर बन्न सक्छौ |
    सरकारी तथ्यांक अनुसार आप, सुन्तला र लिची मात्रै हामीले बार्षिक झन्डै ७ करोडको आयात गर्ने गरेका छौ, पोखरा, स्याङ्जा लगायतका राजमार्गको दुवै पट्टि सुन्तला खेति गर्न सकिन्छ भने तराइका धेरै जसो भागमा राजमार्गको दुवै तर्फ आप, लिची तथा अम्बा लगायतका आय आर्जन का खेति गर्न सकिन्छ | यसले पर्यावरण सुद्धिकरण, मानब स्वाथ्य, राजमार्गको सौन्दर्यता मात्रै होइन राजमार्गको अतिक्रमण, भू-क्षय लगायत आर्थिक आम्दानी, कर्मठ जनशाक्तिलाइ रोजगार, फलफुल तथा खाद्ध्यान्नमा आत्मनिर्भरता साथै राष्ट्रिय अर्थतन्त्रलाइ नै टेवा दिन सकिन्छ |

    सडक विभागको तथ्यांक मिरपुरखास् – हैदराबाद हाइवे (नमुनाको लागि)

    यो अवसर नेपाल सरकारले बैदेशिक रोजगारबाट फर्केका दक्ष जनशक्तिलाई देओस्, यो रास्ट्रको लागि पनि अवसर र हामी स्वदेश फर्कनेहरूका लागि पनि अवसर हो | राष्ट्र बन्न धेरै समय लाग्दैन, उदाहरण हामी नै छौ जसले मात्रै २० बर्षमा खाडीका सबैजसो देशलाई चरम बिकशित देश बनायो | सरकारले बेलैमा सोचोस् ,कार्ययोजना तयार गरोस् र विदेशबाट फर्किएका पौरखी हात हरुलाई रास्ट्रको हितमा प्रयोग गर्ने व्यवस्था गरोस् , अस्तु |

    Leave a Reply