बाँकेमा मात्र थप ४७ जना र अन्य जिल्लाहरुमा थप ६ जना गरि नेपालमा थप ५३ जनामा कोरोना संक्रमण

  • ५ जेष्ठ २०७७, सोमबार १७:५० मा प्रकाशित
  • वसन्त अनुभव
    काठमाडौं, ५ जेठ
    नेपालमा थप ५३ जना ब्यक्तिहरुमा कोरोना भाइरसको संक्रमणको पुष्टि भएको छ। नयाँ पुष्टि हुनेमा बाँकेमा ४७ जना र अन्य जिल्लामा ६ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ३५७ जना पुगेको छ ।


    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाका अनुसार नेपालगन्जमा गरिएको प्रयोगशाला परिक्षणका क्रममा बाँकेका ४६ जना पुरुष र १ महिलामा कोरोना संक्रमण देखिएको थियो ।

    अन्य जिल्लामा देखिएका ६ जना संक्रमित मध्ये भैरहवाको प्रयोगशालामा गुल्मीका १ जना, मोरङको प्रादेशिक अस्पतालको प्रयोगशालामा मोरङका १ जना, धुलिखेल अस्पतालमा धनुषाका १, रौतहटका १, धादिङका १ र दाङका १ जनामा संक्रमण देखिएको थियो।

    नेपालमा पुष्टि भएका ३५७ जना कोरोना भाइरस संक्रमितहरु मध्ये ३६ जना उपचार पछि निको भइ घर फर्कोसकेका छन । २ जना संक्रमितको मृत्यु भएको पुष्टि भएको छ । त्यस्तै बाकी संक्रमितहरुको नेपालका विभिन्न स्थानहरूमा उपचार भइरहेको छ ।

    Leave a Reply