
वसन्त अनुभव
बंगलाचुली, ५ जेठ
दाङ जिल्ला बंगलाचुली गाउँपालिका वडा नं. ६ टोड्के लेकमा अाज आगलागी हुँदा एक घर जलेर पुरै नष्ट भएको छ । आगलागीमा परि घरभित्र रहेका लत्ताकपडा, सरसामान पुरै जलेको छ ।
बंगलाचुली गाउँपालिका वडा नं. ६ टाेडेके लेक निवासी कृष्ण दमाईकाे उक्त घर पुरै जलेर नष्ट भएकाे बंगलाचुली गापा वडा नं. ६ का वडाध्यक्ष वेदुलाल घर्ती क्षेत्रीले बताउनुभयो ।
साथै उहाँले उक्त आगलागीबाट कुनै मानवीय क्षति नभएपनी लगभग ३ लाख बराबरको भौतिक सम्पत्तिको क्षति हुन गएको जानकारी दिनुभयो ।

