
विश्वब्यापी रुपैया फैलिएको कोरोना भारसका कारण लकडाउनमा अस्तब्यस्त हुँदा मजदुरि गरेर खाने मजदुरहरुलाइ निकै असर गरेको छ । लकडाउनले बाहिर निस्कन नसकिने र भित्र बस्दा दैनिक उपभोग्य सामान नभइ भोकै बस्न पर्ने अवस्थालाई मध्यनजर गर्दै विभिन्न चरणबद्द रुपले “नेपाली मुस्लिम समुदाय बिकास केन्द्र नेपाल,” जामे अल सलाम बिराटनगरको तर्फबाट करिब १८० परिवारलाई राहत वितरण गरिसकेको छ।
उक्त संस्थाले राहत सामग्रीमा पहिलो चरणमा बिराटनगर वरिपरिका ११० गरिब परिवारलाई प्रती परिवार १० के.जि चामल, २ के.जि आलु, १ केजि दाल, १ लिटर तेल, १ प्रती साबुन र १ प्याकेट नुनका दरले वितरण गरिएको थियो ।
दोस्रो र तेस्रो चरणमा रामादानको अवसर पारी ७० गरिब र पिछडिएका परिवारलाई २०/२५ केजि चामल, २ केजि चना, ३ केजि दाल, २ केजि चिनी, २/३ लिटर तेल, १ प्याकेट नुन र १/२ प्याकेट खजुरका दरले वितरण गरिएको थियो ।

उक्त सहयोग समाजका सहयोगीहरु दाताहरूले प्रदान गरेका थिए ।

