नेपालमा कोरोना संक्रमितको संख्या १ हजार नाघ्यो

  • १५ जेष्ठ २०७७, बिहीबार १५:०६ मा प्रकाशित
  • वसन्त अनुभव
    काठमाडौं, नेपालमा आज १५६ जना संक्रमित थपिएका छन । नयाँ थपिएका संक्रमित सँगै नेपालमा कोरोना संक्रमितको संख्या १ हजार नाघेको छ । हालसम्म संक्रमितको संख्या १ हजार ४२ पुगेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मिडिया ब्रीफिङ कार्यक्रममा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले देशभरका विभिन्न जिल्लाहरुमा गरी थप १५६ जना संक्रमित देखिएको जानकारी दिएका हुन । यो एकै दिन बढेको सर्वाधिक सङ्ख्या हो।

    नेपालमा भेटिएका कुल संक्रिमतहरु मध्ये हालसम्म १८७ जना कोरोना संक्रमित अस्पतालको उपचारपछि निको भई डिस्चार्ज भएका छन् । वीरगन्जस्थित नारायणी अस्पतालबाट चार जना बिदा भएपछि भाइरसमुक्त हुने सङक्रमितको सङ्ख्या बढेको हो।

    कोभिड-१९ बाट मृत्यु हुनेको सङ्ख्या अब ५ पुगेको छ। अहिले पुष्टि भएका व्यक्ति ललितपुरका ५६ वर्षीय पुरुष भएको मन्त्रालयले जनाएको छ।

    डा. देवकोटाका अनुसार सङ्क्रमित व्यक्ति फेला परेको जिल्लाको सङ्ख्या ५१ पुगेको छ। अहिलेसम्म प्रदेश नं १ र २ का ८-८ वटा, वाग्मती प्रदेशका १२ वटा, गण्डकी प्रदेशका ४ वटा, प्रदेश नं ५ का ९ वटा, कर्णाली प्रदेश ३ वटा र सुदूरपश्चिम प्रदेशका ७ वटा जिल्लामा सङ्क्रमित फेला परेका छन्।

    Leave a Reply