थप २५ जना सहित नेपालमा कोरोना संक्रमितको संख्या ४२७ जना पुग्यो

  • ७ जेष्ठ २०७७, बुधबार १६:५२ मा प्रकाशित
  • वसन्त अनुभव
    काठमाण्डौं, ७ जेठ
    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा दिएको जानकारी अनुसार नेपालमा आज थप २५ जना नयाँ कोरोना संक्रमितहरु थपिएका छन । आज थपिएका संक्रमितहरु सबैजना स्वास्थ्यकर्मीको सम्पर्कमा रहेका छन ।

    आज थपिएका २५ जना सहित नेपालमा संक्रमितको संख्या ४२७ पुगेको छ। जस मध्ये ३५८ पुरुष र ६९ जना महिला रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिनुभयो ।

    मन्त्रालयका प्रवक्ता डा देवकोटाका अनुसार नयाँ संक्रमित हुनेमा बाँकेका ६ जना, कपिलवस्तुका १३ जना, नवलपरासी पश्चिमका १ जना र धनकुटाका ५ जना रहेका छन ।

    बाँके जिल्लाको नरैनापुर गापा- ५ मा १७, २०, २८, ३० र ४० वर्षीय पुरुष र खजुरा गापा – ५ मा २७ वर्षीय पुरुष कोरोना संक्रमित हुन पुगेका हुन ।

    त्यस्तै कपिलवस्तु जिल्लाको महाराजगन्ज नपाका ३, ४, ६ र १६ वर्षीय बालिका, २५ र ३२ वर्षीय महिला तथा १२, २०, २४ र ३४ वर्षीय पुरुष कोरोना संक्रमित हुन पुगेका हुन ।
    त्यस्तै नवलपरासी पश्चिम जिल्ला सुस्ता गापा -५ का २६ वर्षीय पुरुष कोरोना संक्रमित भएका हुन।

    धनकुटा जिल्लाका २८, २९, ३५ र ३७ वर्षीय पुरुष तथा २४ वर्षीय महिलामा कोरोना संक्रमण देखिएको हो ।

    साथै उहाँले हालसम्म कोरोनाका कारण २ जनाले ज्यान गुमाउनु परेको बताउनु भयो । उपचार पछि निको भइ आज डिस्चार्ज भएका ८ जना सहित उपचार पछि निको हुनेको संख्या ४५ जना पुगेको छ ।

    Leave a Reply