जेठ मसान्तसम्म हवाई उडान पनि बन्द गर्ने निर्णय

  • ७ जेष्ठ २०७७, बुधबार २१:०७ मा प्रकाशित
  •  जेठ, काठमाडौं । कोरोनाको चपेटामा परेको बिश्वको अर्थतन्त्र अहिले ठप्प बनेको अबस्थामा सरकारले घरेलु तथा अन्तर्राष्टिय हवाई उडानमा लगाएको रोक जेठ मसान्तसम्म लम्ब्याउने भएको छ । काठमाडौंमा बुधबार बसेको कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिले जेठ १८ सम्म रहेको उडान रोकलाई जेठ मसान्तसम्म लम्ब्याउने निर्णय गरेको हो ।

    ४ गते बसेको मन्त्रिपरिषद् बैठकले लकडाउनलाई २० गतेसम्म लब्याएको थियो । तर उक्त दिन हवाई उडानबारे निर्णय गरेको थिएन । समितिको मंगलबार बसेको बैठक पनि विदेशमा समस्यामा परेका नागरिकहरुको उद्दारबारे छलफलका लागि बोलाइएको थियो ।

    हवाई उडानबारे अन्तिममा मात्र निर्णय भएको प्रधानमन्त्री कार्यालय स्रोतले बताएको कुरा आजको अनलाईनखबर मा जनाेको छ ।

    Leave a Reply