गढवाका २ जना कोरोना पोजिटिभ पनि बेलझुण्डीमा

  • ३ जेष्ठ २०७७, शनिबार ११:२६ मा प्रकाशित
  • वसन्त अनुभव
    दाङ / शुक्रबार कोरोना संक्रमण भएको पुष्टि भएका दाङ जिल्लाको गढवा गापाका कोरोना संक्रमित २ जना युवाहरुलाई शुक्रबार राती नै बेलझुण्डी स्थित कोरोना विशेष अस्पतालमा ल्याइएको छ ।

    गढवा गापा ४, हडैया र ५, बाकीका ती युवाहरूलाई लमहीस्थित सहिद नेत्रलाल अभागी स्मृति प्रतिष्ठानको क्वारेन्टाइन स्थलबाट एम्बुलेन्समा राखी बेलझुण्डी ल्याइएको गढवा गापा, स्वास्थ्य शाखा प्रमुख कैलाश चौधरीले जानकारी दिए ।

    यसरी गढवाका २ जना, बाकेका ८ जना र कपिलवस्तुका ३ जना गरि १३ जना कोरोना संक्रमितहरुको कोरोना विशेष अस्पताल बेलझुण्डिमा उपचार भइरहेको छ ।

    शुक्रबार अपरान्ह नै बाँकेको नरैनापुर गाउँपालिकाका आठ जना कोरोना संक्रमितलाई एम्बुलेन्समा राखी बेलझुण्डी कोरोना अस्पताल ल्याइएको थियो ।

    बाँकेको खजुरामा रहेको कोरोना विशेष अस्पतालमा बेड अभावका कारण बाँकेका ती संक्रमितहरुलाई दाङको बेलझुण्डी ल्याइएको हो ।

    Leave a Reply