
वसन्त अनुभव
काठमाडौं, ९ जेठ
नेपालमा थप नयाँ ९ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा साँझ ८:१५ बजे जारी प्रेस विज्ञप्तिका अनुसार मकवानपुर, भक्तपुर, सप्तरी र वारामा कोरोना संक्रमितहरु भेटिएका हुन ।
मन्त्रालयका सह-प्रवक्ता डा समिरकुमार अधिकारीका अनुसार मकवानपुर जिल्ला हेटौंडा- ३ का ५४ वर्षीय महिला र भक्तपुर जिल्लाको भक्तपुर – ९ का ४२ वर्षीय महिलामा कोरोना कोरोना संक्रमण पुष्टि भएको छ । निजहरूको स्वाव नमुना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा परिक्षणको क्रममा पोजिटिभ देखिएको हो ।
त्यस्तै सप्तरी जिल्ला बलान बेहुल गापाका ३५ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । निजको विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा स्वाव नमुना परिक्षण गर्दा कोरोना पोजिटिभ देखिएको हो ।
त्यस्तै बारा जिल्ला सिम्रनगढ नपाका २२, २७, ३०, ३४, ३८ र ४५ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । निजहरुको किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौंडामा स्वाव नमुना परिक्षण गर्दा कोरोना पोजिटिभ देखिएको हो ।
सहप्रवक्ता डा अधिकारीका अनुसार नव संक्रमितहरुको स्वास्थ्य अवस्था सामान्य रहेको छ भने निजहरु स्वास्थ्यकर्मीको सम्पर्कमा रहेका छन ।


