स्वास्थ्य तथा जनसंख्या मन्त्रीलाई सांसद यादवद्वारा ज्ञापनपत्र !

  • २४ बैशाख २०७७, बुधबार १०:१९ मा प्रकाशित
  • उमेश कुशवाहा बीरगंज

    पर्सा निवार्चन क्षेत्र नं. १ को सांसद प्रदिप यादवले स्वास्थ्य तथा जनसंख्या मन्त्रीलाई ज्ञापनपत्र बुझाएका छन् ।

    नारायणी अस्पताललाई पुनः पहिला जस्तो नै संचालनमा ल्याउन ज्ञापन पत्र दिएका हुन।

    विश्वब्यापी फैलिएको कोरोना (कोविड १९) भईरसको जोखिम चौतर्फी रुपमा ब्याप्त रहेको बेला कोरोना अस्पतालमा रुपान्तरित नारायणी अस्पताललाई साबिक सरह आम उपचारमा ल्याउन साँसद यादवले स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाललाई आज ज्ञापनपत्र बुझाएका छन् ।

    साँसद उमाशंकर अगरियासंगै मन्लायल पुगेका साँसद यादवले बीरगन्ज क्षेत्रमा स्वास्थ्य सेवाको मुख्य आधार रहेको नारायणी अस्पताललाई कोरोना अस्पताल बनाइएपछि बिभिन्न समस्या सिर्जना भएको हुनाले सो कोरोना अस्पताल (कोविड उपचार केन्द्र)लाई तत्काल नारायणी अस्पतालको मुल भवनबाट हटाएर त्यहाँ साबिकको सबै स्वास्थ्य उपचार सेवा आम मानिसको लागि खुल्ला गर्न माँग गरेका छन् ।

    ‘भन्नको लागि प्रदेश २ मा कोरोना उपचारको निम्ति ४ वटा अस्पताल रहेका छन, उपचारको लागि भने एकमात्र बीरगन्जको नारायणी अस्पताल प्रयोगमा छ । अस्थायी राजधानी जनकपुर सहित अन्यत्र तोकिएको कोरोना अस्पताल छ, तर उपचार सेवा छैन,’ स्वास्थ्यमन्त्री ढकाललाई बुझाइएको ज्ञापन पत्रमा भनिएको छ, ‘देश को एक मुख्य शहर को रुपमा रहेको बीरगंजको नारायणी अस्पताल अहिले प्रदेश कै कोरोना संक्रमितहरुको उपचारको चाँप खपीरहेको छ । यसो हुँदा उक्त अस्पताल मा नियमित चेकजाँच गराउन आउने गरेका पर्सा, बारा, रौतहट र सर्लाहीसम्मका सर्ब साधारणहरुले सास्ती खेप्नु परेको छ ।’

    Leave a Reply