बंगलाचुली र बबई गापामा संक्रमित फेला, दाङमा संक्रमितकाे संख्या २५ पुग्याे

  • १७ जेष्ठ २०७७, शनिबार ००:३४ मा प्रकाशित

  • वसन्त अनुभव
    दाङ, घोराही / दाङमा थप ५ जनामा कोरोना पोजिटिभ देखिएको छ । दाङ जिल्लाको घोराहीमा अवस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको नमुना स्वाव परिक्षणमा दाङको बंलाचुली गाउँपालिकामा ४ जना र बबई गाउँपालिकामा १ जनामा कोरोना पोजिटिभ देखिएको हो ।

    राप्ती स्वास्थ्य प्रतिष्ठानले पत्रकार सम्मेलन मार्फत गराएको जानकारी अनुसार बंगलाचुली गाउँपालिका वडा नम्बर १ का २७,२८ र ३३ वर्षीय पुरुष ३ जना र वडा नम्बर ४ का ३८ वर्षका पुरुष १ जना गरि ४ जनामा कोरोना संक्रमण भेटिएको हो ।

    त्यस्तै बबई गाउँपालिका वडा नम्बर १ हापुरेका एक ३० वर्षिय पुरूष कोरोना संक्रमित हुन पुगेको छन । नव संक्रमित सबै क्वारेन्टाइनमा बसेका व्यक्तिहरु हुन । आज भेटिएका संक्रमितहरु संगै दाङमा कोरना संक्रमितको संख्या २५ पुगेको छ ।

    Leave a Reply